१८ फाल्गुन २०८२, सोमबार
१८ फाल्गुन २०८२, सोमबार
नेपालगन्ज भन्सार कार्यालयले राजस्व संकलन वृद्धि गरेयाे

मध्य पश्चिम कै व्यापारीक केन्द्र नेपालगन्ज भन्सार कार्यालय मा निर्यात वृद्धि ११कराेड७९हजार

  • मेराे उडान डेस्क

    १७ मंसिर २०८२, बुधबार

नेपालगन्ज भन्सार कार्यालय बाँकेले राजस्व संकलन वृद्धि गरेकोछ ।नेपालगन्ज, बाँके १५मंसिर मध्यपश्चिमकै व्यापारीक केन्द्र नेपालगन्ज भन्सार कार्यालयले लछ्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८२/२०८३मा २४अर्ब ५४कराेड ५७लाख८२हजार राजस्व संकलन वृद्धि गरेको जानकारी कार्यालय का प्रमुख जनार्दन पौडेलले दिनुभयो। उहाँकाे अनुसार २०८२कार्तिक सम्म सङ्कलित राजस्व ६अर्ब ८७कराेड १२लाख ७६हजार संकलन गरेको छ। आर्थिक वर्ष २०८२/२०८३काे कार्तिक मसान्त सम्म आयात २३अर्ब८०कराेड ३५लाख२६हजार रहेकाे छ।याे हाल सम्म यो ७७.५६ प्रतिशतले वृद्धि भएको छ।आर्यात ७७कराेड २८लाख४६हजार रहेको कार्यालय का प्रमुख जनार्दन पौडेलले बताउनुभयो। उहाँले थप भन्नु भयो जम्मा व्यापार २४अर्ब५७कराेड६३लाख ७२हजार रहेको छ। साेही अनुसार गत आवमा आयात २१कराेड अर्व ९७कराेड ३०हजार रहेको छ। भने आयात वृद्धि १अर्ब८३कराेड २४लाख ९६हजार छ। निर्यात वृद्धि ११कराेड ७९हजार रहेको पौडेलले जानकारी दिनुभएको छ।

  • १७ मंसिर २०८२, बुधबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२