नेपालगन्जमा।
नेपालगन्जमा पहिलो पटक क्यान्सर रोगबारेमा गोष्ठी सहित चिकित्सकिय सम्मेलन हुने भएको छ । नेपालका बिभिन्न अस्पतालमा कार्यरत क्यान्सर रोग विषशज्ञ चिकित्सकहरुका बीच क्यान्सरका बिभिन्न प्रकृतिका बारे अन्तरक्रिया सहित नेपालगन्जमा चिकित्सकिय सम्मेलन हुने भएको हो । सम्मेलनमा पश्चिम नेपालमै पहिलो पटक क्यान्सर रोग बारे चिकित्सकहरु बीच अन्तरक्रिया हुने छ ।
बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको आयोजना र मसकुलोसकेलेटल अंकोलोजी सोसाइटी अफ नेपाल (मोसन) को सहआयोजना तथा अर्थोपेडिक एशोसियसन (नोए) वेष्टर्न च्याप्टरको सहकार्यमा मंसिर २६ र २७ गते हड्डी, मांसपेसी तथा छालासम्बन्धी क्यान्सरको बृहत् गोष्ठी तथा चिकित्सकिय सम्मेलन हुने भएको हो ।











