१९ फाल्गुन २०८२, मंगलवार
१९ फाल्गुन २०८२, मंगलवार
अगुवा महिला तथा अभियन्ताहरु लाई नेतृत्व बिकास सम्बन्धि तिन दिने तालिम

महिला जनप्रतिनिधिहरु लाई वडा कार्यालय वा सम्बन्धित निकायमा भेटन जांदा भेट हुंदैन तर ति महिला जनप्रतिनिधिहरु को सट्टामा महिला जनप्रतिनिधिहरुका श्रीमान संग भेट हुन्छ ।

  • न्युज डेस्क

    १२ मंसिर २०८२, शुक्रबार

नेपालगंन्ज ।
अगुवा महिला तथा अभियन्ताहरु लाई नेतृत्व बिकास सम्बन्धि ३ दिने तालिम नेपालगंन्जमा सम्पन्न भएको छ।
“महिला हिंसा बिरुद्ध समुदायलाई क्षमता अभिबृद्धी” कार्यक्रम अन्तरगतत नेपालगंन्जमा ३ दिने तालिम दिइएको हो ।
तालिममा राजनितीमा महिलाहरुको पहुंच अर्थपुर्ण सहभागिता महिलाहरु को नेतृत्वमा पहुंच अवस्था र चुनौतीहरु बारेमा प्रशिक्षण दिईएको छ ।

टेवा, ललितपुरको सहयोगमा तथा नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा संचालित तालिममा महिलाहरु को किन समावेशी रुपमा प्रतिधित्व हुन नसकिरहेको महिलाहरु को नेतृत्वमा पहुंच नहुनुका कारणहरु का बारेमा छलफल अन्तरक्रिया गरीएको थियो ।
तालिममा नेपालगंज उपमहा नगरपालिकाका बरिष्ठ महिला बिकास अधिकृत पबित्रा कुमारी पुरी तथा मोहम्मद शेर बागवानले प्रशिक्षण दिनुभएको हो ।
कार्यक्रमको सहजीकरण संस्थाका महिला सवाल टिम लिडर दुर्गा लखेर ले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तब्य राष्ट्रिय महिला अधिकार मञ्च बाँके का अध्यक्ष सकिना शाहले गर्नु भएको थियो । तालिममा बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका कोहलपुर नगरपालिका डुडुवा गांउपालिका तथा जानकी गांउपालिकाबाट अगुवा महिलाहरु, अभियन्ताहरु तथा स्थानिय ग्रामिण महिला अधिकारकर्मीहरु गरी ३५ जना सहभागीहरु रहेका थिए ।


एक्काईसौं सताब्दीमा पनि महिलाहरु को नेतृत्व समाज तथा पुरुषत्व सोंच हाबी भएका जमातहरु द्धारा स्वीकार्यतामा चुनौतीहरु रहेको छ ।
महिला जनप्रतिनिधिहरु लाई वडा कार्यालय वा सम्बन्धित निकायमा भेटन जांदा भेट हुंदैन तर ति महिला जनप्रतिनिधिहरु को सट्टामा महिला

जनप्रतिनिधिहरुका श्रीमान संग भेट हुन्छ ।महिला जनप्रतिनिधिहरु बारे सोध्दा उनिहरुका परिवार र पतिले जवाफ दिने घरमा हुनु हुन्छ काम छ भन्ने जस्ता कुराहरु सुनिन्छ । सबै ठाउमा महिलाको नेतृत्व समाज सजिलै स्वीकार्य गर्दैन । समावेशिता कागजमा र नामको मात्र समावेशिता रहेको अवस्था तथा चुनौतीहरु रहेको धारणा सहभागिहरु बाट ब्यक्त गरेका थिए ।

 

  • १२ मंसिर २०८२, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२