नेपालगञ्ज ।
बाँकेमा महिला हिंसा विरुद्ध समुदायलाई क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत अभियन्ताहरूलाई तीन दिने तालिम शनिबारदेखि सुरु भएको छ।
टेवा, ललितपुरको सहयोगमा तथा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको आयोजनामा लैङ्गिक हिंसा सम्बन्धि नितीगत क्षमता अभिबृद्धीका लागी अभियन्ताहरु लाई ३ दिने तालिम आयोजना गरिएको हो l
तालिम तीन दिनसम्म चल्नेछ। तालिममा तालिममा लैङ्गिक हिंसा सम्बन्धी कानुनी प्रावधान अभियन्ताहरूको सशक्तिकरणका पैरवी तथा समुदाय स्तरमा द्वन्द नियन्त्रणका लागि सहजीकरणका सवालका बारेमा सहजीकरण गरिनेछ।
कार्यक्रममा गैसोस महासङ्घका अध्यक्ष चन्द्र तिमिल्सिना राष्ट्रिय महिला अधिकार मञ्चका निर्दे निर्देशक शेर बागवान वरिष्ठ अधिवक्ता विश्वजित तिवारी कान्तिपुर का रूपा गहतराज लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
तालिमको पहिलो दिन नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका महिला विकास अधिकृत पवित्रा पुरीले लैङ्गिक हिंसा को अवस्था नीतिगत समस्या तथा समाधानका विषयमा छलफल गराउनुभएको थियो।
नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रका अध्यक्ष रुबी खानले अभियन्ताहरूलाई सशक्त बनाउन तीन दिने लैङ्गिक हिंसा हिंसा सम्बन्धी नीतिगत क्षमता अभिवृद्धिको तालिमको आयोजना गरिएको बताउनुभयोl
उहाँले भन्नुभयो यस्ता तालिमहरूले अभियन्ताहरूको मनोबल वृद्धि गर्नुका साथै समुदाय स्तरमा समस्या समाधानका लागि सहजीकरणको भूमिका प्रदान गर्नेछ।
तालिममा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहोलपुर नगरपालिका ,जानकी गाउँपालिका ,डुडुवा गाउपालिका गरी ३५ जना महिलाहरूको सहभागिता रहेको छ।












