औषधीको रुपमा रहेको रैथाले अनदी धान लोपोन्मुख अवस्थामा
मेनका चौधरी ः
गुलरिया,बर्दिया २१ः औषधीको रुपमा रहेको रैथाने धानका जातमध्येकै स्वादिलो र सँस्कृतिक मुल्य बोकेको अनदी धान लोपन्मुख अवस्थामा पुगेको छ । वढी फल्ने वर्णशकर हाइव्रिड र उन्त जातका जातका धानको खेतीलाई किसानले वढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो । वारबर्दिया नगरपालिका वडा नम्वर ११ किसान तुलसी चौधरीले ढिक्कीमा कुटेको अनदी धान च्युराको मिठो स्वाद अझै विर्सन नसीक्ने बताउँछन् । सानै उमेरमा चुलोमा अनदीको धान भुटेर ढिकि मा कुटेर तयार गरिएको च्युरा खाएको सम्झना अझै ताजा छ उहाँले भन्नुभयो अनदीको च्युरा निकै मिठो हुन्थ्यो स्कुल जादा खत्ती भरी त्यहीँ च्युरा भरेर खाँदै पुग्ने गर्दथ्योै ती दिन अब सम्झना मात्रै बाँकी रहे अहिले अनी मुस्कील हुन थालेको उहाँँले बताउनु हुन्छ ।
थारु समुदायका अतवरँी पर्वका बेलामा भगवानलाई अपंण गरिने रोटी प्राय ः अनदी धानकै चामलबाट वनाइथ्यो ।
विजय कुमारी चौधरीले सिसौला च्युरा ,रोटी जस्ता परिकारमा यसको प्रयोग हुने गदथ्यो अनदीको चामलको जाँड निकै मिठो हुने भएकाले सवै भन्दा बढी रुचाइन्थ्यो । पहिले थारु पुर्खाहरुले धेरै जनाले अनदीको धान लगाउदाँ उत्पादनमा कमी भएपछी खान नपुग्दा सन्तानहरु धेरै भएपछि आफ्नो आवश्कता पुरा गर्नको लागी यो धान धेरैले लगाउन छोरेको बारबर्दिया नगरपालिका वडा नम्वर ११को ८६ वर्षीया वद्ध कृषक सुकनी थारुले बताउनु भयो ।
यो धान को बीउ पाउन समेत मुस्किलन भइसक्यो वाफमा पकाएर लसिलो खाने चामल रहेको उहाँको भनाइ छ यसको चामलको खिर निकै स्वादिलो हुने भएकाले महिनामा एक पटक बनाइथ्यो । परिवारका सवै जना बसेर खान्थ्यो उहाँले भन्नु भयो अहिलेका धानको चामलको खिर अनदीको चामलको जस्तो नहुने गरेको उहाँको अनुभव छ ।
सुकनी थारुको अनुसार अनदी धान थोरै पानीमा पनि सुख्खा क्षेत्रमा राम्रो उत्पादन दिने जात हो। उहाँले भन्नु भयो यो धान अहिले बीउको रुपमा जोगाउन सके अहिलेको जलवायु परिवर्तनका चुनौतीबीच पनि खेतीका लागी उपयुक्त हुन सक्छ ।
पहिले अनदी धान कम्तीमा एक दुई क्यारीमा अनिवार्य रुपमा लगाउने गथ्यो ।
अहिले त हाइव्रिड धानका कारण बीउ नै पाउन गाह्रो भएको छ । उहाँका अनुसार यो धान किसानले लगाउन छाड्दै जान थालेको झण्डै दशक वढी नै वित्न लागेको छ ।
अनदी सहति थुप्रै रैथाने प्रजातिका धान हराउदै गएका छन् ।
रैथाने प्रजातीका मन्सुली , लगायतका थु्रप्रै धान हराउदै गएका छन् । यी जातहरु माटो ,हावापानी र वातावरण सँग अनुकुलित भएकाले उत्पादन स्थिर ,स्वादिलो र जैवीक दृष्टिले मुल्यवान् रहेको किसानहरुको भनाई छ लक्ष्छी चौधरीको अनुसार नयाँ धान का जा तयार गर्दा रैथाने धानको प्रयोग गर्न सके उत्पादन वढाउने सँगै वातावरणीय सहजशीलतामा पनी सुधार ल्याउन सकिन्छ । अनदीमात्रै हैन सौथ्यारी मनसुली धान वासनादार धानहरु मसीना धान हरु समेत लोखउन्मुख हुदै गएको पाइन्छ मअआजकाल लामे समय सम्म झरी नपर्ने सुख्खा हुने हुदाँ हल्ली धान रोप्ने चलन वढेको उहाँँको भनाई रहेको छ ।
रैथाने जातका धान खडेरी सुख्खा र डुवानमा पनि हुर्कन सक्ने भएकाले दीगो कृषि प्रणालीका लागि महत्वपुर्ण स्रोतमा रहने उहाँले उल्लेख गर्नुभयो । पहिल्ला वर्षमा बजार मुखी कृषि प्रणाली र उच्च उत्पादनमुखी प्रवृतिले मौलीक बीउलाई विस्थापीत गरेको कृषि शाखाको प्रमुख कमला अधिकारीको भनाई छ ।
यसले जैवीक विविधिता मात्र होइन नेपाली समाजको परम्परागत खानपान र सस्कृति लाई समेत प्रभावित बनाएको छ उहाँले भन्नु भयो रैथाने बीउको संरक्षणमा जोड नदीए यो जात सधैका लागी जोड नदिए यो सधैका लागी हराउने खतरा छ स्थानीय तह, कृषि अुनसन्धान केन्द्र र समुदाय बीच सहकार्य गरी बीउ संकलन संरक्षण र पुनः उत्पादनका अभियान चलाउनु पर्ने देखिन्छ अनदी लगायत रैथाने धानको बीउ खोजी संकलन गरी किसान लाई पुनः खेती सुरु गर्न उत्पे्रेरीत गर्नुपर्नेमा उहाँको जोड रहेको छ । एकृकित कृषि तथा पशु पन्छी विकास कार्यालयको कृषि अधिकृत फिर्तुमान चौधरीले भन्नुभयो ०.०५ प्रतिशत अर्थाथ एक विगाहामा १ कठ्ट्टामात्र अनदी धान रोइ गर्ने भएकोले यो धान सौथ्यारी धान मनसुली धानको लागी यहाँको कुनै विउ विजन भण्डारण केन्द्रले विउँको रुपमा संरक्षण गरेर भण्डारण गरेको भए एकदमै राम्रो हु्थ्यो पहिले स्वादीला धानहरु लोप उन्मुख अवस्थामा जादैन थियो ।
तर यहाँ त्यो अवस्थामामा छैन् । नेपालमा सवै भन्दा वढि धान उत्पादन हुने बर्दिया जिल्लामा नै यो धान उत्पादन गर्न छोडेका छन् माघी आएमा चामल घोज्न एक केजी चामल लिएर दुई केजी चालम सातेको समेत पाइरहेको बताउनु भयो ।
जनसख्या संख्या वढेदै गइरहेको छ । नेपालीहरुको आय स्तर वढाउनको लागी लोक धान लाई महत्व नदिएको हुन उचीत वजारको मुल्य नपाउदाँ लगात उत्पादनको बजार नपाउने निर्यात गर्न सरकार स्थान नदि उत्पादनमा कमी हुने भएको हुँदा भएको २०७६।२०७७ कृषि गणना ७सय कृषकहरुको तत्थ्याँक लिदा ४ प्रतिशत लगाएको पाइएको छ ।
त्यो पनि चौधरीहरुको समुहले मात्र लगाउन गरेको पाईछ प्रति कठट्टा १ किन्टल मात्र फलीरहीको छ चौधरीले पहिले देखी आफनो चेलीवेत्री मान्ने जन् हरुलाई माघीमा यस्को भात पकाएर खाने दिने रोटीहरु वनाउने र देवी देउतालाई समेत चधाउने अतवतरी पर्वमा रोटी पकाएर खाने र चेलीवेतीहरुलाई उपहारको रुपमा दिने चलन छ । यसको मागहरु धेरै हुने तर अहिले धेरैले उत्पादनमा मात्रै जोडददिदै जादा आर्थिक रुपलाई मात्र महत्व दिएपछि रैथाने धान कमै पाउन थालेको छ । यसको विउँलाई संरक्षणको लागी अघि वढीरहेको बताउनु भयो । डा विश्वनाथ यादवको अनुसार अनदी उत्पादनमा कमी हुने भएपनी खानामा नरम स्वादोलो र हात खु«ट्टा दुख्दा शरीरको जोरनी हरु दुख्दा नसाहरु दुख्दा यस्को सेवनले शरीरलाई आराम हुने वताउनु हुन्छ ।











