वातावरण संरक्षण र जलवायु परिवर्तनकाे असर लाइ न्युनीकरणका डिभिजन बन कार्यालय बाकेले लागि निशुल्क बोटबिरुवा बितरण गरीरहेको छ ।
बाकेका ८ पालिकामा स्थानीयलाइ लक्षीत गर्दै डिभिजन बन कार्यालय बाकेले घरदैलोमा पुगेर बिरुवा बितरण गरीरहेको हो ।
डिभिजन बन कार्यालय बाकेले बकानो ,खयर, सितलचिनी ,निम ,असिना, मौवा, जामुन, बर्रो, बेल, विजयसाल, सिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, राज वृक्षलगायतका बिभीन्न जातका बोट बिरुवाहरु निशुल्क रुपमा घरदैलोमा पुगेर बितरण गरीरहेको हो ।
जलवायुमैत्री जिल्ला निर्माणका लागि बृक्षारोपण अभियान लाइ निरन्तरता दिइएको डिभिजन बन कार्यालय बरिष्ट बन अधिकृत टंक वहाददुर गुरूड बताए ।
बैकल्पीक कृषि खेतीका रुपमा आम्दानी पनि हुने भएकाले बोटबिरुवा लगाउन किसानहरु आर्कषीत भएका छन् । बन कार्यालयको यो अभियानले जैबिक बिबिधता संरक्षण संगै जिल्ला लाइ हरित जिल्ला बनाउन पनि सहयोग गरेको छ ।











