बाँकेको खजुरा गाउँपालिकाले प्रदान गर्दै आएको सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
खजुरा गाउँपालिकाको आयोजनामा भएको यो तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ५ को प्राङ्गणमा पाँच बुँदे प्रतिबद्धतासहित सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण OCDC-बाँकेले गरेको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’ ले गाउँस्तरसम्म विकास पुर्याउन आफूले सक्दो प्रयास गरिरहेको बताए। खुला दिसा मुक्त घोषणा भए पनि सडकमा दिसा–पिसाब गर्ने प्रवृत्ति अन्त्य नहुनु, बाल विवाहको रोकथाम प्रभावकारी रूपमा हुन नसक्नुजस्ता समस्याहरू गाउँपालिकाभित्र अझै रहेको औँल्याए। यसका लागि गाउँपालिकाभित्रका हरेकले सुधारका लागि व्यवहारिक रूपमै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।