राजापुर नगरपालिकाको आठौं नगरसभा: आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रम सार्वजनिक
राजापुर, असार ४५– राजापुर नगरपालिकाको आठौं नगरसभा आज नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिका स्तरको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
नगरप्रवक्ता अशराज न्यौपानेले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक विकास, गरिबी निवारण, आन्तरिक राजस्व वृद्धि, सेवा प्रवाह क्षमतामा सुधार, सुशासन प्रवर्द्धन, जनसहभागिता, लैङ्गिक समानता, दिगो विकास, वातावरण संरक्षण, कला-संस्कृति र जीविकोपार्जनमा केन्द्रित २५८ बुँदे नीति तथा कार्यक्रमको विवरण दिनुभयो।
उहाँले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी सृजना र भौतिक पूर्वाधारका क्षेत्रमा विशेष ध्यान दिने उल्लेख गरिएको छ। उत्पादनमुखी तथा छिटो प्रतिफल दिने कार्यक्रमहरू मार्फत नगरको आर्थिक वृद्धि र नागरिक जीवनस्तरमा सुधार ल्याउने लक्ष्य रहेको जनाइएको छ।
सभामा सदस्य–सचिव दशरथ बुढा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुख प्रतिनिधिहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
नगरसभाको दोस्रो बैठक आगामी असार ८ गते बिहान ७ बजेका लागि बोलाइएको छ।