५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार
बर्दिया जिल्लाका Non-Filer व्यवसाय सार्वजनिक, कर दाखिलाको लागि कर कार्यालयको आग्रह
  • मेनका चौधरी

    ५ असार २०८२, बिहीबार

बर्दिया जिल्लाका Non-Filer व्यवसाय सार्वजनिक, कर दाखिलाको लागि कर कार्यालयको आग्रह
गुलरिया, बर्दिया । करदाता सेवा कार्यालय गुलरिया बर्दियाले जिल्लाभरि विभिन्न व्यवसाय स्थापना गरेर लामो समयसम्म आय विवरण नदिई कर दाखिला नगर्ने (Non-Filer) करदाताहरुको विवरण स्थानीय तहअनुसार यसै समाचार काे आधारमा सार्वजनिक गरेको छ ।

उक्त कार्यालयले कर प्रणालीको पारदर्शिता र करदाताको जिम्मेवारीबोधलाई बढाउने उद्देश्यले बर्दिया जिल्लाका आठैवटा स्थानीय तहसँग समन्वय गरी कर नदिने व्यवसायहरुको विवरण सम्बन्धित पालिकामा पठाएको हो ।

कार्यालयका अनुसार गैरदर्ता वा दर्ता भई नियमित रूपमा कर नतिर्ने व्यवसायहरुलाई कर प्रणालीमा ल्याउन र समयमै कर दाखिला गराउने वातावरण बनाउने अभियान अन्तर्गत करदाताको सूची सार्वजनिक गरिएको हो ।

स्थानीय तह, उद्योग वाणिज्य संघ तथा सरोकारवाला निकायसँगको सहकार्यमा कर कार्यालयले विवरणको प्रचारप्रसार गर्दै सम्बन्धित व्यवसायीलाई कानुन बमोजिम आय विवरण दाखिला गर्न तथा कर तिर्न अनुरोध गरेको छ ।

करदाता सेवा कार्यालय गुलरियाले हालै पठाएको विवरण अनुसार कृषि तथा पशुपंछि फर्म, होटल, खुद्रा व्यापार, निर्माण सामग्री विक्रेतादेखि पेट्रोल पम्प र मेडिकलजस्ता व्यवसायहरु Non-Filer को सूचीमा परेका छन् ।

कर कार्यालयले सम्बन्धित व्यवसायहरुलाई स्वेच्छिक रूपमा सम्पर्क गरी कर दाखिला गर्न सकिने व्यवस्था गरिएको पनि जानकारी दिएको छ । कर नतिर्ने व्यवसायहरूलाई आवश्यक परे कानुनी कारवाही अगाडि बढाइने चेतावनी पनि दिइएको छ ।

  • ५ असार २०८२, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२