२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार
बाँके जिल्लाकाे जिल्ला भरि काे सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्वतयारी सुरु

डिभिजन वन कार्यालय बाँकेले २४वटा सामुदायिक वनहरुमा दिगाे वन व्यवस्थापन तथा वन सम्वद्ध प्रणाली लागु भएको, राष्ट्रिय वन काे चक्ला वन

  • मेनका चौधरी

    २३ फाल्गुन २०८१, शुक्रबार

बाँके २०फागुन,
बाँके जिल्लाकाे जिल्ला भरि काे सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्वतयारी सुरु भएको छ ।May be an image of 6 people and tree
जिल्ला वन कार्यालयले डढेलो लाग्ने सम्भावित वन क्षेत्रमा नियमित रूपमा अनुगमन गर्ने, ‘फायरलाइन’ बनाउने, पातपतिङ्गर सङ्कलन गरेर जलाउनेलगायत काम भइरहेकाे डिभिजन वन कार्यालय बाँकेको डिभिजन वन कार्यालयका प्रमुख शङ्कर प्रसाद गुप्ताले जानकारी दिनुभयो । “फायर एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्माण गरिरहेका छौँ, केही दिनमा यो तयार हुन्छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार रु ३० लाखमा निर्माण भएको सो एम्बुलेन्समा एक पटकमा छ हजार लिटर पानी राख्ने क्षमता हुन्छ । एम्बुलेन्स मार्फत डढेलो लागेका क्षेत्रमा एक सय फिटसम्म पानी पुउयाएर आगो नियन्त्रणमा लिन सकिने उहाँले जानकारी दिनुभयो ।
डिभिजन वन बाँके जिल्ला कार्यालकाे प्रमुख गुप्ताले डढेलो नियन्त्रणका लागि करारमा १५ अग्नि हेरालुलाई नियुक्त गरिएको जानकारी दिँदै १८ वटा सामुदायकि वनका समूहलाई परिचालन गरिएको बताउनुभयो । उहाँले वनमा डढेलो लाग्न नदिन प्रचार प्रसारको काम भइरहेको उल्लेख गर्दै सचेतना मूलक कार्यक्रम समेत सञ्चालन भइरहेको बताउनुभयो ।
“समुदाय स्तरमा डढेलो लाग्न नदिने उपाय, लागेमा अपनाउनुपर्ने विधि लगायत विषयमा सचेतना मूलक जानकारी दिइएको छ । डढेलोका विषयमा सामुदायिक वनका समूहसँग आवश्यक छलफल र सहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।
वनमा डढेलो नियन्त्रणका लागि चक्ला वन क्षेत्रमा सात जना अग्नि नियन्त्रक नियुक्त भएको जनाउँदै गुप्ताले वरुण यन्त्र खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । गत वर्ष बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनका करिब पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो यस वर्ष लाग्न नदिने बताउनुभयो। उक्त कुरा उहाँले बाँके जिल्लाकाे पत्रकार हरु सँग अवलोकन भ्रमण मा क्रममा बताउनुभयो। डिभिजन वन कार्यालय बाँकेले २४वटा सामुदायिक वनहरुमा दिगाे वन व्यवस्थापन तथा वन सम्वद्ध प्रणाली लागु भएको, राष्ट्रिय वन काे चक्ला वनकाे, आपुर्ति समितिले काठहरुकाे घाटगद्दी गरेकाे, वनकाे नसरीकाे व्यवस्था भएकाे वरिष्ठ वन अधिकृत टंक बहादुर गुरुङ्ग ले बताउनुभयो।साे काे अवलोकन भ्रमण समेत डिभिजन वन कार्यालय काे टाेली र बाँकेकाे मिडिया कर्मी हरु सहितकाे संयुक्त टाेलीकाे अवलोकन भ्रमण भएको थियाे।
  • २३ फाल्गुन २०८१, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    सूचना विभाग दर्ता नं. :