( नेपालगंन्ज )
बाकेको खजुरा गाउपालिका रहेमत जहा खान लाइ चित्र कोर्न रमाइलो लाग्छ । फुर्सद भयो भने उनि रंगहरुसंग खेल्छीन् । बिशेषगरी उनलाइ धर्म संस्कृतीले भरीएका चित्रहरु बनाउन मन पर्छ । उनका चित्रहरुमा सबै धर्मका कला संस्कृती अटाउछ । चित्र मार्फ उनि सामाजिक सदभाव लाइ देखाउन रुचाउछन् ।
‘हाम्रो जात धर्म संस्कार अग भएपनि हामी सबै एकै ठाउमा बसेका छौ । एक अर्काको परम्रा उत्सवमा सहभागि हुन्छौ ।’रहेमतले भनिन् ।, ‘यो भन्दा बलियो सामाजिक सदभावको नमुना काहा होला ।’
यस्तै कोहलपुरका युवा अभियान्ता रमेश वर चित्रमा बिभेद र असमानताको कुरा ओकल्न मन पराउछन् । चित्र मार्फत उनि बिभेद लाइ प्रतिकार गर्न रुचाउछन् । आफना भावनाहरु सहज तरीकाले राख्ने थलोका रुपमा उनले चित्रकला लाइ लिएका छन् । बिशेष गरी युवाले सामाजिक बिभेद र असाममनता बिरुद्ध बोल्न जरुरी छ । उनले भने ,‘त्यसको लागि चित्रकतला नै ससत्त माध्यम हो । ’
नेपालगंन्ज उपमहानगरकी ३ –एकलैनिकी मिसबा अरफात १८ बर्षकी भइन् । उनि चित्रकला उनको लागि एउटा हबी मात्र होइन् प्यासन हो । चित्र मार्फ दबिएका आवाज अनि भन्न नसकिने भावनाहरु पेख्न सकिने उनको तर्क छ । उनले बनाएका चित्रमा महिलाले आफनो परिवार समाजका लागि आफना चाहनाहरु कसरी दबाएर राख्न पर्ने बाध्यता लाइ दर्शाएकी छन् । उनले चित्रमा महिलाका आखामा देखीएका उनका सपनाको उडान लाइ उनले बिपना बनाउन नसकेको नमीठो यर्थात थियो ।
बाकेको नेपालगंन्जमा र्फीडम स्टुडियोले नेपालगंन्जमा आयोजना गरीएको कार्यक्रममा सहभागि युवाहरुले कला मार्फत सामाजिक आन्दोलनलाइ ससक्त बनाउने अभियान बारे छलफल गरे ।
सामान्यतया कसैले केही कुराको विरोध गर्नुपरे सडकमा नारा जुलुस, चक्काजाम, नेपाल बन्द, कालोपट्टी बँध्ने, कार्यालय घेराउ गर्ने, ज्ञापनपत्र बुझाउने जस्ता प्रक्रिया अवलम्बन गर्छन् । हरेक कुरामा विरोध गर्ने शैली फरक हन्छ । बिरोध लाइ रचनात्मक तरीकाले पनि प्रदशन गर्न सकिन्छ भन्ने छलफलका लागि यो अभियान सरु गरेका हौ । फी्रडम स्टुडियोका अध्यक्ष तथा अधिवत्ता प्रतीक कर्मचार्यले भने ,‘ कलामा कुन भाषाको प्रयोग गरयौ भन्ने कुरामा समस्या छैन् कलाको सुन्दर पक्ष यहि हो ’
अभियान अन्र्तगत लम्बिनीमा ५ वटा जिल्लामा यो अभियान चलाइएको छ ।
बाकेमा महिला राजनीतिमा पहुचं ,कपिलवस्तु सिमान्र्तकृत नटवा ,मिटर ब्याज ,रुपन्देहीमा यौनीक अल्पसंख्यक ,दागंमा कमलरी कमैयाका सवाल लाइ प्राथमिकतामा राखीएको छ ।