( नेपालगंन्ज )
बाकेमा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्र्दाैटा कपिलबस्तुको आयोजनामा सीमा निगरानी लगायतका बिषयमा छलफल गरीएको छ ।
कार्यक्रममा लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानवबेचबिखन, सीमामा हुने अपराधी गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अधिबृद्धि, अवैध हातहतियार ओसारपसार सशस्त्र प्रहरी बल नेपाल संग सीमा बासिले राखेको अपेक्षा,सीमा निगरानि तथा सहजिकरण लगाएत सशस्त्र प्रहरी बल नेपाल र स्थानिय तहहरु बिच हुने समन्वय र सहकार्य जस्ता बिषयहरुमा छलफल तथा अन्तरक्रिया गरीएका हो ।
नेपालगंज उपमहानगरपालिका १६ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाकेमा रहेको भवनमा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरीएको हो ।
सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अनुरुप लुम्बिनी प्रदेश अन्तर्गत रहेका बँके र बर्दिया जिल्लाका अन्तराष्ट्रिय सीमा संग जोडिएका स्थानिय निकायका वडाका वडा अध्यक्षहरु संग सीमा ईलाकाहरुमा हुन सक्ने अपराधीक क्रियाकलाप रोकथाम र सशस्त्र प्रहरी बल नेपाल संग सीमा बासिले राखेको अपेक्षा,सीमा निगरानि तथा सहजिकरण लगाएत सशस्त्र प्रहरी बल नेपाल र स्थानिय तहहरु बिच हुने समन्वय र सहकार्य जस्ता बिषयहरुमा छलफल गरीएको थियो ।
सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हे.क्वा.बागेश्वरी बँकेका गणपति स.प्र.उ. विमल डाँगी, नं.३१ गण हेड क्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी बल उपरीक्ष चित्राङ्गत दाहाल, बँके र बर्दिया जिल्लाका सीमावर्ति वडाका सम्पुर्ण वडा अध्यक्षहरु, लगाएत बाँके र बर्दिया जिल्ला स्थित रहेका सम्पुर्ण प्रस्ताबित सीमा सुरक्षा गुल्म, बिओपि, ँइद्य पतिहरु समेतको उपस्थित रहेको थियो ।