२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
रक्तचन्दन चीन पु¥याउन भुटान ‘ट्रान्जिट’
  • न्युज डेस्क

    २५ आश्विन २०८१, शुक्रबार

(नेपालगंन्ज )
आश्विन २५, २०८१

भारतको पश्चिम बंगालस्थित जयगाउमा प्रहरीले बिहीबार दुई भुटानी नागरिक र एक भारतीयलाई सीमावर्ती क्षेत्रबाट पक्राउ ग¥यो । उनीहरूसँगै बरामद गरिएको थियो, ९० थान अर्थात एक हजार किलो रक्तचन्दनको काठ । जसको बजार मूल्य करिब १ करोड भारु छ ।
दुई भुटानीको सहयोग लिएर ती भारतीय नागरिक रक्तचन्दन भुटान छिराउने तर्खरमा थिए । त्यहीबेला प्रहरीले गोप्य सूचनाका आधारमा तीनै जनालाई नियन्त्रणमा लिएको भुटानको समाचार पोर्टल ‘द भुटनिज’ अनलाइनले जनाएको छ ।

प्रहरीका अनुसार दक्षिण भारतको चेन्नईबाट ल्याइएको चन्दन भुटानको पारो हुँदै चीन तस्करी गर्न लागिएको थियो । प्रहरीले तीनमध्ये एक भुटानी र एक भारतीयलाई हाजिरी जमानीमा छाडेको छ । तर, अर्का भुटानी नागरिक टासीलाई भने हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । उनी रक्तचन्दन तस्करीका मुख्य नाइके हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

विगतमा भारतबाट नेपाल हुँदै चीन तस्करी हुन्थ्यो रक्चन्दन । एक समय त ‘रेड उड’ शीर्षकमा वैधानिक रूपमा रक्तचन्दन नेपाल भित्रिन्थ्यो । पछि सरकारले वैधानिक बाटो बन्द गरेपछि यो अवैध रूपमा नेपाल भित्रिन्थ्यो । ’जनआन्दोल–२’ को उत्तरार्द्धमा रक्तचन्दन अत्यधिक रूपमा नेपाल भित्रिएर चीन तस्करी भएको थियो । तस्करीको क्रम २०७० को दशकको सुरुवातसम्म जारी रहेको थियो ।

ऋजबलनभम चयगतभ ष्ल कबलमबधिययम कmगननष्लिनः द्यजगतबल ’तचबलकष्त’ तय ऋजष्लबएक दशकको अवधिमा विभिन्न २० जिल्लामा बरामद गरिएको अर्बौं मूल्यको करिब २ लाख किलो रक्तचन्दन काठमाडौंस्थित वन विभाग परिसरमा सडिसकेको छ । दुर्लभ तथा सङ्कटापन्न वनस्पति तथा जीवजन्तुका प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस)का अनुसार बरामद गरिएको वस्तु उत्पत्ति भएको मुलुकमै फिर्ता गर्नुपर्ने प्रावधानअनुसार भारतलाई फिर्ता पठाउनु पर्ने हुन्छ । तर, उक्त रक्त चन्दन भारतले फिर्ता लैजान नमान्दा नष्ट गरिएको थियो ।

पछिल्लो समय नेपालबाट रक्तचन्दन काठको बदला तेल तस्करी सुरु भएको स्रोतको दाबी छ । ‘काठ भुटानतिरबाट जान सुरु भएको छ,’ स्रोतको दाबी छ,‘नेपालबाट तेल मात्रै तस्करी हुन्छ ।

भुटान पछिल्लो समय रक्तचन्दनको काठ तस्करीका लागि ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग भइरहेको छ । चीनमा चन्दनको ठूलो माग छ । परम्परागत औषधि, फर्निचर, र धार्मिक सामग्री बनाउन बनाउन चन्दनको काठ प्रयोग हुने गरेको छ ।

तस्करहरू दक्षिण भारतको तमिलनाडु, कर्नाटक र चेन्नईलगायत क्षेत्रबाट चन्दनको काठ संकलन गर्छन् । भुटानलाई ट्रान्जिट बनाएर चीनको अलवा जापान, हङकङ, थाइल्यान्ड, सिंगापुर, र मलेसिया जस्ता देशहरूमा तस्करी गर्छन् । यी देशहरूमा रक्तचन्दनको धेरै माग छ, किनकि यो पारम्परिक औषधि, सजावट, र मूर्तिहरू बनाउनका लागि प्रयोग गरिन्छ । चीनमा रक्तचन्दनको ठूलो बजार छ जहाँ धेरै मूल्यमा यसको खरिदबिक्री हुन्छ ।

 

  • २५ आश्विन २०८१, शुक्रबार प्रकाशित
  • Nabintech