२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बाकेमा फूलपाती बढाइ [तस्बिरहरू]
  • न्युज डेस्क

    २४ आश्विन २०८१, बिहीबार

(नेपालगन्ज)

वडा दशैको सातौं दिन अर्थात फुलपातीको अवसरमा नेपालगन्जको बागेश्वरी मन्दिरमा विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्रयाइएको छ ।नेपालगन्जको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा बिहिबार विहानको शुभसाईतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फूलपाती बढाई गरेका छन् ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्रयाउने प्रचलन रहेको छ ।

 


नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्रर्याएर शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । नेपाली सेना, प्रहरीको बेण्डबाजा,पञ्चेबाजा, पञ्चकन्याले सिगारिएर फुलपाति बोकेर बागेश्वरी मन्दीरमा पुगेको थियो ।


केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिने चलन रहेको बागेश्वरी मन्दीरका मूलमहन्त चन्द्रनाथ योगीले जानकारी दिए ।

 


सो अवसरमा बाकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपाली सेना बज्रदल गणका गणपति तथा प्रमुख सेनानी रविन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्की, सशस्त्र प्रहरी ३० नं गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक बिमल डागी, राष्ट्रिय अनुसंधानका प्रमुख ओमबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

 

  • २४ आश्विन २०८१, बिहीबार प्रकाशित
  • Nabintech