नेपालगंन्ज ।
बाढीपीडितहरुका लागि भारत सरकारका तर्फबाट भारु एक करोड अठार लाख एकाउन्न हजार बीस रुपैँया बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको छ ।
भारतीय राजदुताबास काठमाण्डौका द्धितिय सचिवद्धय आषिश सिन्हा र नारायण सिंहद्धारा नेपाल सरकारका तर्फबाट बाकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई राहत सामाग्री हस्तान्तरण गरिएको हो ।
भारु एक करोड अठार लाख एकाउन्न हजार बीस रुपैँया बराबरको राहत सामाग्री प्रजिअ रिजाल समक्ष नेपालगन्ज विमान स्थलको परिसरमा रहेको ‘मानवीय सहायत स्थल’ मा हस्तान्तरण गरिएको थियो ।
उक्त राहत सामाग्री ग्रहण गर्दै प्रजिअ रिजालले भारत सरकारलाई धन्यबाद दिए । ‘नेपाल विपदमा पर्दा छिमेकी देश भएको नाताले भारत सरकारले सधैं राहत सामाग्री दिएर सहयोग गर्दै आइरहेको छ ।’ उनल भने ,‘यो पटक पनि देशमा आएको बाढीले ठूलो धनजनको क्षति पुर्याएको बेला भारत सरकारले गरेको यो सहयोगकालागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु ।’
प्रजिअ रिजालका अनुसार भारत सरकारको तर्फबाट दुई चरण गरी चार ट्रकमा राहत सामाग्री आउने र सबै राहत सामाग्री संकलन भएपछि मात्रै हवाईजहाज मार्फत काठमाण्डौ पठाइने छ ।
पहिलो चरणमा दुई ट्रक राहत सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त राहत सामाग्री अन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल रहेका छन् ।