२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
कोहलपुरले लैंगिक र सामाजिक समावेशीकरणमैत्री संचार नीति बनाउने

कोहलपुरमा संचार नीतिबारे छलफल

  • न्युज डेस्क

    २० आश्विन २०८१, आईतवार

(नेपालगन्ज)

बाकेको कोहलपुर नगरपालिकाले स्थानीय तहमा लैंगिक र सामाजिक समावेशीकरणमैत्री संचार नीति ( ऐन ) बनाउने भएको छ ।
आइतबार कोहलपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमा मेयर पुर्ण प्रसाद आचार्यले नगरपालिकाले बिज्ञ टोली बनाएर नीति बनाउन पहल गर्ने बताए ।

संचारिका समूह लुम्बिनीले स्थानीय तहमा संचार नीति र लैंगिक तथा सामाजिक समावेशीकरण मैत्री संचारमाध्ययम निर्माणमा स्थानीय तहको भूमिका विषयक नीतिगत बहस कार्यक्रम आयोजनामा बोल्दै मेयर आचार्यले सबै स्थानीय मिडिया लाइ समेटदै मिडियाको हकहित लाइ मध्यनजर गर्दै लैंगिक र सामाजिक समावेशीकरणमैत्री संचार नीति बनाउन आफुले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

‘ कोहलपुरले आफनै संचार नीति र संचार ऐन बनाएर त्यस कामको अगुवाइ गर्न हामीलाइ कुनै समस्या छैन् । सबैको सहयोग र समवन्य भयो भने संचारकर्मी र संचार माध्ययमको आवश्यकता अनुसार संचार नीति बनाउन हामी प्रतिवद्ध छौं । ’ मेयर आचार्यले भने,‘नीतिलाई कसरी लैंगिक र सामाजिक समावेशीकरणमैत्री बनाउन सकिन्छ । सुझाब अनुसार अगाडि बढने छौ।’

छलफलमा सहभागी सरोकारवालाहरुले सरकारका कामलाई पारदर्शी र जवाफदेही बनाउदै समाजमा समावेशिता र सुशासन कायम गर्न संचारको महत्व धेरै भएको बताउदै समयअनुसार संचार विधि र संचारमाध्ययमलाई प्रभावकारी बनाउन स्थानीय संचार नीति आवश्यक रहेको बताए ।
स्थानीय स्तरमा सुचना र संचारका माध्ययमबाट ज्ञानमा आधारित समाज निर्माण गर्न र विकास एवं रुपान्तरणलाई नागरिकले बुझ्ने गरी सुचना प्रवाह गर्न स्थानीय तहले पनि आफनै संचार नीति बनाउनुपर्ने उनीहरुको सुझाब थियो ।

संचारमाध्ययममा महिला र सिमान्तकृत समूदायको सहभागिता बढाउन र लैंगिक तथा सिमान्तकृत समुदायका सामाग्रीलाई प्राथमिकतामा राख्न नीतिलाई लैंगिक तथा सामाजिक समावेशीकरणमैत्री बनाउन उनीहरुले आग्रह गरे ।

संचारिकाले युएसआइडी नागरिक समाज र संचार कार्यक्रम अन्तरगत लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि संचार पैरवी अन्तरगत बहस थालेको हो । बहसमा सहभागी अधिकांशले संचारमाध्ययममा महिला र सिमान्तकृत समूदायको सहभागिता र सामाग्री बढाउन स्थानीय तहले सहकार्य गर्न पनि आग्रह गरे ।

छलफलमा बोल्दै पत्रकार महासंघ नेपालका पर्व केन्द्रीय सदस्य झलक गैरेले संचारमाध्ययमको प्रवाभकारिता र संचारकर्मीको संरक्षणका लागि संचार नीति र त्यसअनुसार ऐन बन्नुपर्ने बताए । उनले संचारगृहलाई अनुदान दिदा त्यहाका संचारकर्मीले पारिश्रमिक पाए नपाएको त्यसमा लैंगिक सहभागिता भए नभएको, सिमान्तकृतका सवालले स्थान पाए नपाएकोबारे हेरिदिन पनि उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै बोल्दै प्रतिबोध एफएमका स्टेशन म्यानेजर हेमन्त बिकले संचारगृह बाचेमात्रै संचारकर्मीको पेशा बच्ने भएकाले धराशायी भएका संचारमाध्ययम लाई बचाउनेगरी संचार ऐन बनाउन आग्रह गरे ।
उनले व्यक्तिगत तबरबाट चलेका संचारमाध्ययम र सामुदायिक संचार माध्ययमलाई फरक दृष्टिकोणले हेर्न र त्यसकिसिमको व्यवस्था हुनेगरी ऐन बनाउन सुझाब समेत दिए ।

छलफलमा पत्रकार शंकरप्रसाद खनालले स्थानीय तहमा संचार नीति र लैंगिक तथा सामाजिक समावेशीकरण मैत्री संचारमाध्ययम निर्माणमा स्थानीय तहको भूमिका विषयक बहस सामाग्री प्रस्तुत गरेका थिए । उनले संचारमाध्ययम र संचार सामाग्रीलाई सबै लिंग, वर्ग र समूदायले अपनत्व ग्रहण गर्ने बनाउन संचार नीतिमा लैंगिक तथा सामाजिक समावेशीकरण आवश्यक रहेको जनाए ।

संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले संचारमाध्ययको सबलीकरणसंगै लैंगिक र सामाजिक समावेशीकरणका लागि स्थानीय संचार ऐन बनाउन कोहलपुर नगरपालिकालाई आग्रह् गरिन् ।उनले सबैका लागि संचार भनिएपनि संचारमाध्ययममा अझैपनि महिला सहभागिता र नेतृत्व कमजोर रहेको बताइन् ।
संचारमाध्ययममा महिला, सिमान्तकृत समूदाय र सामाजिक न्यायका संचार सामाग्री पनि असाध्यै कम आउने गरेको उनले सुनाइन् ।
संचारमाध्ययमलाई अब लैंगिक र सामाजिक समावेशीकरणमैत्री बनाउने गरी संचार नीति बनाउन आवश्यक छ । ’उनले भनिन् ,‘ नीति बनाउदा पनि उनिहरुको सहभागिता अनुभवको सम्मान गर्न उत्तिकै जरुरी छ । ‘

 

  • २० आश्विन २०८१, आईतवार प्रकाशित
  • Nabintech