६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
नेपालगंन्जमा आँकुरा रेष्टुरेण्ट संचालनमा
  • न्युज डेस्क

    १७ आश्विन २०८१, बिहीबार

नेपालगंन्ज ।

नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर बाकेको नेपालगन्जको सुर्खेतरोड स्थित आँकुरा रेष्टुरेण्ट एण्ड बार संचालनमा आएको छ । दशैको पहिलो दिन घटस्थापनाको पावन अवसरमा शुभसाइत जुराई आँकुरा रेष्टुरेण्ट संचालनमा आएको हो ।

होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष रंग बहादुर खड्काको प्रमुख आतिथ्यतामा रेष्टुरेण्टको उद्घाटन भएको थियो । आँकुरा रेष्टुरेण्टको रिवन र केक काटेर प्रमुख अतिथि खड्काले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि खड्काले नेपालगन्जकै उत्कृष्ट परिकारले आगुन्तुकको मन जित्न सफल होस आँकुरा जस्तै काम गरोस भनेर शुभकामना दिनुभयो ।

नेपालगन्ज मात्र नभई धेरै ठाउँमा शाखा संचालन गरि नेपाल मात्र नभई नजिकै भारतका ग्रहाकलाई समेत उत्कृष्ट स्वाद दिई लाभ लिन सकोस भन्ने शुभकामना दिनुभएको थियो ।

तालिम प्राप्त कुकबाट विभिन्न परिकारको स्वाद आफुले भने जस्तो खोजेजस्तो परिकारको स्वाद लिन सकिने रेष्टुरेण्टका प्रोप्राईटर कृष्ण कडेलले जानकारी दिनुभयो । ग्राहाकले भने अनुसार स्वाद दिने हाम्रो दायित्व हो यसमा हामी सचेत छौं उहाँले भन्नुभयो ।

लामो समय अनुभव संगालेका कुक र वेटरहरु दक्ष छन स्वादिष्ट खानाका परिकार र सेवा दिने विश्वासका साथ हामी ढुक्क छौं रेष्टुरेण्टका म्यानेजर कमल पौडेलले भन्नुभयो ।

रेष्टुरेण्ट उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, विभिन्न होटलका संचालक, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको सहभागिता रहेको उद्घाटन कार्यक्रमको संचालन पत्रकार ममता थापाले गर्नुभएको थियो ।

 

  • १७ आश्विन २०८१, बिहीबार प्रकाशित
  • Nabintech