(नेपालगन्ज)
अपांगता भएका महिलालाई दिइने व्यावसायिक तालिमहरु परम्परागत भएको भन्दै मुख्य धारको श्रम बजारमा समाहित हुन नसक्दा अपांगता भएका महिलाहरुले रोजगारमा जोडीन् समस्या भएको पाइएको छ ।
एक्सेस प्लानेटले मंगलबार नेपालगंन्जमा आयोजना गरेको अपागंता भएका महिलाहरुको रोजगारी तथा स्वराजेगारी प्रर्वद्धनमा स्थानीय सरोकारवालाको निकाय भुमिका बिषयक कार्यक्रममा सहभागिहरुले अपागंता भएका महिलाहरुको क्षमतालाइ मध्यनजर गरी रोजगारको सिर्जना गर्नुपर्नेमा जोड दिए ।
एक्सेस प्लानेटका संस्थापक अध्यक्ष गाग्री नेपालले बाके जिल्लामा आयोजित सहभागीहरूले तीन सय भन्दा बढी व्यावसायिक तालिम प्राप्त गरेको बताए पनि उनीहरू मध्ये कुनैले पनि व्यापार सुरु गर्न नसकेको बताइन् । राष्ट्रिय र अन्र्तराष्ट्रिय नीति र प्रतिबद्धताका बाबजुद तिनको कार्यन्वयन कमजोर भएकाले अपागंता भएका महिलाले आर्थिक क्षेत्रममा सहभागि हुन धेरै अवरोधको सामना गर्नुपरेको उनले सुनाइन् ।
उनले त्यसका लागि बाके, काठमाडौ तथा भत्तपुरमा अपागंता महिला समुदाय संग प्रत्यक्ष अन्र्तक्रियामा गरीएको जानकारी दिइन् ।
राज्यका संरचना र व्यवहार अपांगता मैत्री नहुदा अपागंता भएका महिलाले पुरुषको तुलनामा हरेक क्षेत्रमा असुरक्षा र जटिलता भोग्नुपरेको अपागंता भएका महिलाहरुले बताए ।
लैंगिकताका रुपमा अपांगता भएका पुरुष भन्दा महिला तथा बालिकाको सुरक्षा जटिल हुने भएकाले थप संवेदनशील हुन उनीहरुले आग्रह गरे ।
उनीहरुले अपागंता भएका महिला र बालिकाको रोजगार, प्रजनन तथा पारिवारिक र सामाजिक सुरक्षाकै बढी चिन्ता रहेको पनि बताए ।
एक्सेस प्लानेटका अध्यक्ष प्रमिला अधिकारीले भौतीक पुर्वाधार र डिजीटल डिभाइसहरु अपागंमैत्री नहुदा अहिलेको श्रम बजारमा अपांगताहरुले अवसर नपाएको बताइन् ।उनले अपांगता भएका ब्यक्तिमाथि सकारात्मक दृष्टिकोणको खाचो रहेको बताउदै अपांगताको परिभाषा र तथ्यांकका विषयमा समाजलाई सचेत पार्नुपर्ने जनाइन् ।
नागरीक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले अपागंता भएका महिलाहरूलाई सशक्त बनाउन र रोजगारी सुनिश्चित गर्न निजी क्षेत्रको सहकार्य र सरकारलाई जवाफदेही बनाउन जरुरी रहेको बताए ।
निजामती सेवा ऐनको दफा ७ ले ४५ प्रतिशत आरक्षण मध्य ५ प्रतिशत अपागंता भएका लागि सुनीश्चितता गरेपनि अपागंता महिलाहरुको सहभागिता बढन सकेको छैन् ।
नेपालको जनगणना २०७८ का अनुसार २ दशमलब २ प्रतिशत जनसंख्यामा अपांगता रहेको जसमध्ये ४५ दशमलब ८ महिला र ५४ दशमलब २ प्रतिशत पुरुषको संख्या छ । विश्वमा बिश्व स्वास्थ्य संगठनका अनुसार बिश्वमा १६ प्रतिशत नजसंख्या कुनै किसीमले गम्भीर अपागंता रहेको छ ।नेपालमा करिब १० प्रतिशत व्यक्तिमा अपांगता रहेको आकलन गरिएको छ।