६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार
नेकपा (एमाले) द्वारा रक्तदान कार्यक्रम

बाढि पहिरो बाट घाइते भएका लाइ रगत अभाव हुन नदिन रगत संकलन

  • न्युज डेस्क

    १२ आश्विन २०८१, शनिबार

 

कोहलपुर ।
सर्वसाधारणमा स्वास्थ्यको संवेदनशीलता र मानवताको भावना फैलाउने उद्देश्यले नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. १ बाँकेले एक विशेष रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमाले बाके निर्वाचन क्षेत्र न. १ को आयोजनामा नेकपा एमाले पोलिट्ब्युरो सदस्य नेपाली युवा नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा नेपालगन्ज मेडिकल कलेजमा शिक्षण अस्पताल कोहलपुरमा भएको बृहत रक्तदान कार्यक्रम मा १५३ जना ले रक्तदान गरेका हुन् ।नेकपा एमाले बाके क्षेत्र न १ को आयोजनामा रक्तदान कार्यक्रम मा १५३ जना ले रक्तदान गरेको नेकपा बाकेका कुश्माकर बश्याले बताए ।बाढि पहिरो बाट घाइते भएका लाइ रगत अभाव हुन नदिनका लागी पनि यो प्रयास गरीएको उनले बताए ।

“जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं“ भन्ने मूल नाराका साथ, उक्त कार्यक्रम नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद शुर्य ढकालले रक्तदान कार्यक्रमको उद्देश्य मात्र रगत संकलन गर्नु होइन, यसमार्फत समाजमा स्वास्थ्य र मानवता प्रबर्धन गर्नु पनि हो उनले भने ,‘ रक्तदान कार्यक्रमले केवल रोगीहरूको जीवन बचाउन मद्दत गर्नेछ, तर युवालाई सामाजिक जिम्मेवारीको महत्त्व पनि बुझाउनु हो ।’
“आजको समयमा, जब दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता देखिन्छ, त्यस्तो अवस्थामा हामीले एकजुट भएर समाजवादको आधार निर्माणमा ध्यान दिनुपने सान्सद ढकालले बताए । यस रक्तदान कार्यक्रमले हामीलाई मात्र स्वास्थ्यमा सहयोग गर्ने छैन, तर एकताको भावना पनि जगाउने उनको भनाइ रहेको छ ।
यो कार्यक्रम समाजका प्रत्येक वर्गका लागि खुला गरिएको थियो ।

आउँदा दिनमा मानवता र समाजको स्वास्थ्यको लागि योगदान गर्न चाहने सबैलाई यो एक सुनौलो अवसर हो। रक्तदान गर्न इच्छुक व्यक्तिहरूले आफनो स्वास्थ्यको परीक्षण गराएर र रगतदान गरेका छम्
नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूले यस कार्यक्रममा सहभागी भई रगतदान गरी समाजमा एकताको भावना फैलाउने अपिल समेत गरिएको थियो ।

 

 

 

 

  • १२ आश्विन २०८१, शनिबार प्रकाशित
  • Nabintech