४ आश्विन २०८१, शुक्रबार
४ आश्विन २०८१, शुक्रबार
निर्दाेष वडा अध्यक्ष ओलिको रिहाइको माग गर्दै युवा संघ आन्दोलीत
  • न्युज डेस्क

    २६ भाद्र २०८१, बुधबार

 

नेपालगन्ज —
एमाले निकट युवा संघ बँकेले नेपालगन्जमा पुलिस प्रशासन बिरुद्ध सडक तताएको छ ।
युवा संघ बाँकेका अध्यक्ष ज्ञानेन्द्र ओलि लगायतलाई फसाउँन खोजेको भन्दै संघले बुधबार सडक आन्दोलन गरेको हो ।

हजारौको संख्यामा रहेका युवाहरुले बँके एसपी मुर्दावाद, कोहलपुर डिएसपी मुर्दावाद, कोहलपुर डिएसपी चोर, कोहलपुर छोड” लगायतका नारा लगाउदै युवा संंघले सडक तताएको हो ।

केही समयअघि राप्तीसोनारीको बिनौनामा भएको घटनाको अनुसन्धानका क्रममा वडा अध्यक्ष लाइ फसाउन खोजेपछि बाके पुलिस विवादमा तानिएको छ ।
युवा संघले अध्यक्ष ओलिको रिहाइको माग गर्दै नेपालगन्जमा सडक आन्दोलन थालेको छ ।

िजल्ला पुलिसका हाकिम एसपी तुलबहादुर कार्कीको निर्देशनमा कोहलपुरका डिएसपीले उक्त घटनाको अनुसन्धानका निहुमा वडा अध्यक्षलाइ फसाउन खोजीएको युवा संघले आरोप लगाएको छ ।

 

उता काङ्ग्रेस निकट तरुण दलले बिनौना घटनामा ओलिको सहभागीता रहेको आरोप लगाउँदै कानुनी कारवाहिको माग गरेको छ ।

दुवै पक्ष यतिबेला सडक आन्दोलनमा देखिएका छन । तर, पुलिसले प्रारम्भिक अनुसन्धान बाट तयार पारेको रिपोर्ट काङ्ग्रेसको दबाबमा तयार पारेको युवा संघले आरोप लगाएको छ ।

पछिल्लो समय यता बँकेमा पुलिस प्रशासन बिरुद्ध यसरी नै सडक आन्दोलन हुने गरेका छन । यसअघि पनि यस्ता आन्दोलन हुदा यहाँका पुलिस हाकिम र सिडिओ कारवाहिमा परेर सरुवा समेत भएका थिए ।

 

  • २६ भाद्र २०८१, बुधबार प्रकाशित
  • Nabintech