३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
वलीको रिहाइको माग गर्दै राष्ट्रिय युवा सघ नेपाल

यथाशीघ्र रिहाईको जोडदार माग

  • न्युज डेस्क

    २ भाद्र २०८१, आईतवार

राष्ट्रिय युवा संघ नेपाल नविनता, सिर्जनशिलता, गतिशिलता सहित परिवर्तन, निर्माण र युवा शक्तिको तेजलाई प्रतिनिधित्व गर्ने मुलुकको अग्रणी राजनीतिक युवा संगठन हो । संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धिहरूको प्रत्याभूत गरेका युवाहरूका हक हित र अधिकारलाई स्थापित गर्दै सामाजिक आर्थिक रूपान्तरणको अग्रणी शक्तिको रूपमा यस संगठनले आफुलाई अग्रहपंक्तीमा उभ्याएको छ । युवाहरूको अग्रणी भुमिका सहित नेपाली जनताले विभिन्न समयमा गरेको शान्तिपूर्ण आन्दोलन, संघर्ष र क्रान्तिको जगमा निर्माण भएको नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढिकरणमा राष्ट्रिय युवा संघ प्रतिबद्ध छ ।
यसै संदर्भमा मिति २०८१ भदौ १ गते बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौना चोकमा बैजनाथ ७ का सुलभ मल्ल र राप्तीसोनारी २ का सन्दीप विष्ट माथी भएको घटना प्रति राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला कमिटी दुःख व्यक्त गर्दछ र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै, कानूनलाई हातमा लिएर गरिने यस्ता क्रियाकलाप प्रति गम्भिर ध्यानाकर्षण गर्दै घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याई कारवाही गर्न जोडदार माग गर्दछौं । उक्त घटनाका सन्दर्भमा कपोकल्पित आरोप लगाई पुरानो रिसिभि साध्ने गरी घटनामा संलग्न नभएका र उक्त घटनाको बारेमा कुनै पनि जानकारी नभएको राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्लाका अध्यक्ष कमरेड ज्ञानेन्द्रराज वलीलाई व्यक्तिगत र सामाजिक जिवन समाप्त गर्ने गरी घटनामा जवरजस्त दोषी प्रमाणीत गर्न खोजी उक्त घटनालाई राजनीतिक रुप दिँदै संगठन र पार्टीलाई नै बदनाम गराउने गरी घटनालाई अतिरन्जित बनाएर आपसि रिस र बदलाको भावना राखी निर्दोष व्यक्तिहरूलाई फसाउने नियोजित योजना बनाएको प्रति राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाँकेको गम्भिर ध्यानाकर्षण भएको छ ।
यस घटनामा संलग्न नभएका राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्लाका अध्यक्ष कमरेड ज्ञानेन्द्रराज वलीलाई प्रमाणहिन आरोपकै आधारमा गरिएको गिरफ्तार प्रति राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला कमिटी खेद व्यक्त गर्दै यथाशीघ्र रिहाईको जोडदार माग गर्दछ । साथै, निर्दोष नफसुन र दोषी नछुटुन भन्ने मान्यतालाई आत्मसाथ गर्दै निर्दोष व्यक्तिहरूको नाम जोडेर घटनालाई अतिरन्जित बनाउने र घटनालाई तोडमोड गरेर राजनीतिक रुप दिदै समाजलाई द्वन्द्व तर्फ लैजाने प्रयास भएको खण्डमा राष्ट्रिय युवा संघ नेपाल देश व्यापीरूपमा कडा कदम चाल्न बाध्य हुने कुरा यसै प्रेस विज्ञाप्ती मार्फत जानकारी गराउँदछौं ।
  • २ भाद्र २०८१, आईतवार प्रकाशित
  • Nabintech