३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
नयन राज रावल स्मृति तथा सम्मान पुरस्कार २०८१ बाट बि.सी सम्मानित
  • न्युज डेस्क

    ३० श्रावण २०८१, बुधबार

नेपालगंन्ज ।

यस बर्षको नयन राज रावल स्मृति तथा सम्मान पुरस्कार २०८१ बाट सामाजिक अभियान्ता रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन तथा चेन्ज टिमका अध्यक्ष प्रबिन बि.सी.लाइ सम्मानित गरीएको छ ।

लागू औषध दुर्ब्यसनको क्षेत्रमा निरन्तर सचेतना ,उपचार तथा पुनथार्पनाको कार्य गरि सामाजिकरूपमा पुर्याउनु भएको अमुल्य योगदानको उच्च मुल्यांकन गर्दै सामाजिक अभियान्ता रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन तथा चेन्ज टिमका अध्यक्ष बि.सी.लाइ सो सम्मानित गरीएको गरीएको हो ।

दमयन्ती फाउन्डेसनका सस्थापक अध्यक्ष तत्कालीन परिवर्तन समुहका कार्यक्रम संयोजन ,रिकभरिङ्ग नेपालका मध्य तथा सुदुरपश्चिमका क्षेत्रीय संयोजक नयन राज रावलको ८ औं स्मृति दिवसको अवसरमा दमयन्ती फाउन्डेसनले हरेक बर्ष उहाको स्मृतिमा अहसाय , अनाथ ,बृद्ध बृद्धाको तथा लागू औषध दुर्ब्यसन विरुद्धमा वा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्ने ब्यक्ति तथा संघ संस्थालाइ सम्मान तथा पुरस्कर वितरण गर्दै आइरहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बाकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल ,अतिथि बरिस्ठ जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाही ,सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गणका गणपति बिमल डागी, पत्रकार तथा सन्चारकर्मी ,सरोकारवाला संघ सस्थाको सहभागीता थियो ।

 

  • ३० श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech