३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
नाकामा निगरानी संगै समुदायमा सचेतना जरुरी
  • न्युज डेस्क

    १८ श्रावण २०८१, शुक्रबार

(नेपालगंन्ज )

बिश्वमा मानव बेचबिखन तथा ओसारपसारको दर बढ्दै गएको भन्दैमानव बेचबिखन नियन्त्रणका लागि सीमा नाकामा निगरानीसंगै समुदायस्तरमा सचेतना बढाउनुपर्नेमा जोड दिईएको छ ।

नेपालमा बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि समुदायिक सचेतना मुख्य आवश्यकता रहेको भन्दै नेपालगन्जमा मंगलबार आयोजित एक कार्यक्रममा जोड दिईएको हो ।

कार्यक्रममा बोल्दै नेपालगन्जका नगर उपप्रमुख कमरूद्दिन राईले सीमा नकामा कडा निगरानी हुन जरुरी रहेकोमा बताए । उनले यसका साथै सबै संघसंस्था र स्थानीय सरकार मिलेर यसबिरूद्धका रणनीतिरू बनाउउनुपर्ने सुनाए ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रही निरीक्षक शिबा थापाले मानव बेचबिखनको अवस्था र कानुनी व्यवस्थाका बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो भने सहयात्रीकी सदस्य स्वेता गुरुङले हालसम्म गरेको कार्य उपलब्धिका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपालगन्जकी निवर्तमान नगर उपप्रमुख उमा थापामगर, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगी, राष्ट्रिय मानव अधिकार आयोगकी सुप्रिया गुप्ता, माइती नेपाल नेपालगन्जका संयोेजक केशव कोइराला, शक्ति समूह नेपालगन्ज संयोजक निर्मला पौडेल, नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत छैठौं आशा शाही लगायतले मानव बेचबिखन नियन्त्रणबारे आआफनो धारणा राखेका थिए ।

संस्थाका कोषाध्यक्ष सलमान सल्मानीको अध्यक्षतामा भएकोे कार्यक्रम एन आर एन वुमन फोरम, नारी निकुञ्ज अष्ट्रेलियाको आर्थिक सहयोगमा गरिएको कार्यक्रमलाई सहयात्रीकी सचिव अन्जना चतुर्वेदीले संचालन गरेकी थिइन् ।

 

  • १८ श्रावण २०८१, शुक्रबार प्रकाशित
  • Nabintech