३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
आमाहरूलाई स्तनपान सम्बन्धी जानकारी
  • न्युज डेस्क

    १७ श्रावण २०८१, बिहीबार

(नेपालगंन्ज )

आमाहरूलाई स्तनपान सम्बन्धी आवश्यक जानकारी र सहयोग प्रदान गर्न नेपालगन्जमा सचेतनामुलक कार्यक्रम गरीएको छ ।
वेस्टर्न अस्पताल नेपालगन्जले विश्व स्तनपान सप्ताहको २०२४ को नारालाइ आत्मसाथ गर्दै “स्तनपानमा समानता,सबैको सहयोग र सहभागिता “ भन्ने विषयमा एक सचेतनामुलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो।

कार्यक्रममा अस्पतालका बरिष्ठ स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टर कल्पना थापाले बिशेष प्रस्तुति गर्दै स्तनपानको महत्त्वपूर्ण भूमिका र यसले बच्चाहरूको शारीरिक र मानसिक विकासमा पुर्याउने फाइदाबारे जानकारी दिइन् ।

“स्तनपानले बच्चालाई आवश्यक पोषण प्रदान गर्दछ र आमाको स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ। हामी सबै आमाहरूलाई स्तनपान गराउन प्रोत्साहन दिन्छौं र यसका लागि आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं।“ उनले भनिन् ।

साथै यस कार्यक्रममा आहारविद सुशिला  खनालले आमाहरुलाई सुत्केरी अवस्थामा पोषण, खानको तालिका, खानाका परिकार लगायत अन्य कुरा सम्बन्धि बिशेष प्रस्तुति दिइन् र संगै यस कार्यक्रममा सहभागी आमाहरुले आफना अनुभवहरू साझा गरे र स्तनपानका चुनौतीहरूबारे छलफल गरिएको थियो ।

कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मीहरूले स्तनपान सम्बन्धी सही तरिका र उपायहरका बारे प्रदर्शन गरे।
अस्पतालले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्ने प्रतिवद्धता जनाएको छ ।

 

  • १७ श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech