३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
जेभि फाउण्डेशन नेपालका लुम्बिनी र कर्णाली प्रमुख कादु द्धारा संस्कृत विश्वविद्यालय अवलोकन
  • न्युज डेस्क

    १६ श्रावण २०८१, बुधबार

नेपालगंन्ज ।

सामाजिक कार्यमा सक्रियता देखाउदै आएका जेभि फाउण्डेशन नेपालको पश्चिम नेपालकै जिम्मेवारी पाएका डा. मनिष कादुले दाङ्गको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय प्रति चासो राख्दै अवलोकन गरेका छन् ।

जेभि फाउण्डेशन नेपालको लुम्बिनी र कर्णाली प्रमुख तथा पश्चिम नेपालकै जिम्मेवारी समहालेका डा.कादुले दाङ्गको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको जानकारीका लागि स्थलगत अवलोकन गरेका हुन् । नेपाल संस्कृत विश्वविद्यालयको भ्रमणमा सरोकारवालासंग छलफल समेत भएको थियो ।
अवलोकनमा विश्वविद्यालयको अनुगमन गरी यस क्षेत्रको विकास र प्रवद्र्धनका विषयमा छलफल गरी जानकारी लिएका छन् ।

विश्वविद्यालयको विकासमा लागि आगामी दिनमा के गर्न सकिन्छ । संस्थाद्वारा के गर्ने के गर्न सकिन्छ भन्ने विषयमा बिस्तृत जानकारी लिएको कादुले बताए
सो अवुसरमा संस्थाले सरस्वतीव मूर्ति प्रदान गरीएको थियो । यस्तै डा. कोदुले दाङ्ग घोराहीस्थित उत्तरवाहिनीको समेत अवलोकन गरेका छन् ।

उत्तरवाहिनी  लाई कसरी ज्ञान केन्द्र तथा ध्यान केन्द्रको रुपमा अगाडि बढाएर जाने र यहिबाट सरयू गंगाको सुरवात भई अयोध्या राम मन्दिरमा पुगेकोले उनले यसलाई धर्मिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिए ।

 

  • १६ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech