२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार
सिनेरोयलको मोबाइल एप सार्वजनिक
  • न्युज डेस्क

    १२ श्रावण २०८१, शनिबार

(नेपालगंन्ज )

नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले आफनो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज होस भन्ने हेतुले एप तयार गरिएको हो।

भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत छुट दिनेगरी काम अघि बढाइएको सिनेरोयलका सिओओ रितेश श्रेष्ठले जानकारी गराए ।
यस एपमार्फत अबको एक सातासम्म सिनेरोयलमा कुनैपनि सिनेमाको टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्र मार्फत यति एयरलाइन्सको पर्वतीय उडान जित्ने मौका समेत रहनेछ । अबको दुई दिनसम्म टिकट खरिद गर्ने दर्शकका लागि नेपालगन्जस्थित वल्र्डलिंकले बिभिन्न प्याकेजमा २५ प्रतिशतसम्म छुट दिने सिने रोयलका मार्केटिङ म्यानेजर सौगात विक्रम शाहले बताए ।

विभिन्न आकर्षक प्याकेजसहित पहिलो बार्षिकोत्सव मनाउन पाउदा सिनेरोयलका संस्थापक डा. विनोद थापाले खुशी व्यक्त गरे । डा. थापा पश्चिम नेपालमा चर्चित हाडजोर्नी बिशेषज्ञका रुपमा परिचित छन् ।
उनका सुपुत्र डा. राहुल थापाको परिकल्पनाको प्रतिफल हो, सिनेरोयल । पश्चिम नेपालमा स्तरीय साउन्ड सिस्टम र प्रविधियुक्त सिनेमाघरको परिकल्पना डा राहुलले गरेका थिए । गत बर्ष साउन ११ गते सिनेरोयलले आफनो सेवा सुरु गरेको थियो । डा राहुल उच्च शिक्षा अध्ययनका क्रममा अहिले नेपालबाहिर छन् । तसर्थ बार्षिकोत्सवमा उनी अनुपस्थित रहे । सिने रोयलको सफल यात्राका लागि संस्थापक डा विनोद थापाले सम्पुर्ण नेपालगन्जवासी प्रति आभार प्रकट गरे । साथै उनले कर्मचारीको पनि मुक्तकण्ठले प्रशंसा गरे ।

सिनेरोयलको एक बर्षे यात्रामा गदर २ सर्वाधिक आम्दानी गर्ने सिनेमा बनेको छ भने परदेशी २ ले नेपाली सिनेमाहरुमध्ये सर्वाधिक कमाइ गर्ने सुचिमा आफनो नाम लेखाएको छ । त्यसैगरी महाजात्रा ५१ दिनसम्म लगातार दर्शकको मन जित्न सफल सिनेमा बनेको छ ।
फिल्महल लाइ महिलामैत्री बनाउनका लागि महिलाहरुलाइ महिनावारी भएको बेला निशुल्क सेनेटरी प्याडको समेत ब्यबस्था गरीएको छ ।

 

  • १२ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech