२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार
जन्मदिनको अवसरमा अजिजको सेवा
  • न्युज डेस्क

    १२ श्रावण २०८१, शनिबार

नेपालगंन्ज ।

सामाजिक क्षेत्रमा काम गर्दै आएका नेपालगंन्जमा समाजसेवी युवाले आफनो जन्मदिनको अवसरमा असाय तथा बिपन्न लाइ सहयोग गरेकन छन् ।
नेपालगन्ज वडा नं ५ निवासी अजीज मलिकले केही दिन अघि अनाहकमा ज्यान गुमाएका इर्साद राई कबडियाको परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेका छन्।
श्रावण ११ गतेका दिन आफनो जन्म दिवसको अवसरमा अजीज मलिकले मृतक राईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

आफनो जन्मदिनको अवसरमा आफू अजीज मलिकले भारतमा परीक्षा दिन गरेको बेला पनि साथीहरु को हातबाट मृतक राईको परिवारलाई खाद्यन्न सहयोग गरेका हुन् ।

मलिकले सहयोग गरेको खाद्यान्नमा चामल, दाल, चान चिनी पिठो, नुन, तेल र बच्चाले लगाउने डाईपर रहेको छ। साथै ग्यास सिलिण्डर तथा एउटा चुलो पनि सहयोग गरेका छन्। मृतक राईको श्रीमति र ४ छोरी रहेका छन् भने ३ दिन अगाडि मात्र अर्को छोरी को जन्म भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ का इर्साद राईको गत २८ असारमा नेपालगन्ज टागा स्टेन्ड नजिक खुकुरी प्रहार गरी हत्या गरिएको थियो।
समाजसेवी अजीजले सधै सामाजिक काममा गरीब दुखीलाई सहयोग गर्ने गरेको छ्न बिरामी मान्छे लाई रगत औषधि हस्पिटल मा बिरामी लाई फलफुल आदि विभिन्न किसीमको अर्थिक सहयोग गर्ने गरेका छन् ।

 

  • १२ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech