२२ भाद्र २०८१, शनिबार
२२ भाद्र २०८१, शनिबार
वन्यजन्तुका लागि सामुदायिक बनमा पोखरी निर्माण
  • न्युज डेस्क

    ८ श्रावण २०८१, मंगलवार

(नेपालगंन्ज )

बाकेको राप्तीसोनारी गाउपालिका–८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाच लाखको लागतमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुका लागिसामुदायिक वनमा पोखरी निर्माण गरीएको हो । वन्यजन्तुलाई पानी पिउन पोखरीमा झर्न सजिलो होस् भन्नका लागि प्राकृतिक लयमा पोखरी निर्माण गरिएको छ ।

यसबाट पोखरी नजिकै रहेको निकुञ्ज र सामुदायिक वनका वन्यजन्तु पानी खान सजिलो भएको छ। सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले भने,‘पोखरीमा शम्शेरबजारमा राखिएका खानेपानी ट्याङ्कीबाट एक हजार दुई सय मिटर पाइप बिच्छयाएर पानी ल्याएको हो । ’

अध्यक्ष वलीका अनुसार पोखरी निर्माण पश्चात् चितुवा, चित्तल, जरायोलगायत विभिन्न प्रजातिका वन्यजन्तु वनमा देखिन थालेका छन्।
सामुदायिक वनमा ‘सिसी क्यामेरा’ जडान गरिएको छ। क्यामेरामा १९ प्रजातिका चरा र वन्यजन्तु देखिएको उनले बताए।
पोखरी निर्माणका लागि डिभिजन वन कार्यालय बाकेले आर्थिक सहयोग गरेको हो ।

शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सुशील सुवेदीलका अनुसार गहिराइ पाँच फिट, लम्बाइ सय मिटर र चौडाइ ५० मिटर रहेको छ।

 

  • ८ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech