२२ भाद्र २०८१, शनिबार
२२ भाद्र २०८१, शनिबार
नेतृत्वमा महिला आवश्यक
  • न्युज डेस्क

    ७ श्रावण २०८१, सोमबार

नेपालगंन्ज ।
संविधानले नै महिलाको प्रतिनिधित्व सुनिश्चित गरेपनि निर्णायक तहमा महिला सहभागिता न्यून रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । आइतबार नेपालगन्जमा आयोजित नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तीन दिने तालिमको उद्घाट सत्रमा बोल्दै विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूले महिला सहभागिता बढ्दै जाँदा नेतृत्वमा तहमा संख्यात्मक उपस्थित न्यून रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्वारिका अधिकारीले राजनीति सँगै अन्य क्षेत्रमा अग्रसर महिलाहरूको क्षमता विकास गरी नेतृत्वदायी भूमिकामा पुर्याउन आवश्यक रहेको बताइन् । उनले फातिमा फाउण्डेसनले आयोजना गरेको नेतृत्व विकास तालिमले जनप्रतिनिधिहरू निर्वाह गनुपर्ने दायित्वमा सहजता आउने विश्वास व्यक्त गरिन् । ‘तालिमबाट जनप्रतिनिधिले धेरै कुरा सिक्न सक्नुहुन्छ’, उनले तालिममा जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा अन्तरक्रिया गर्न सुझाव समेत दिंदै भनिन् ।
नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु पाण्डेले नयाँ संविधान पछि महिलाको प्रतिनिधित्व हरेक क्षेत्रमा बढेको बताइन् । ‘महिला प्रतिनिधित्व बढेपनि नेतृत्वदायी भूमिकामा अहिले पनि उल्लेख्य संख्यामा महिला पुग्न सक्नु भएको छैन,’ उनले भनिन्, ‘त्यसैले अब महिलाहरूले नेतृत्वदायी भूमिकामा पुग्ने गरी क्षमता अभिवृद्धि गर्नुपर्छ ।’ शाखा प्रमुख पाण्डेले जनप्रतिनिधि महिलाहरूलाई नेतृत्व विकास तालिमले धेरै विषय बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
फेडो बाँकेकी अध्यक्ष निर्मला सुनारले महिलाहरू अग्रसर हुनुपर्ने उल्लेख गर्दैै तालिम त्यसका लागि सहयोगी हुने विश्वास व्यक्त गरिन् । उनले महिलाहरूमा नेतृत्व विकासका लागि क्षमता अभिवृद्धि गर्ने खालको तालिम आवश्यक रहेको बताइन् ।
पत्रकार अछरी पोरखेलले नेतृत्व विकासबाट आज कार्यपालिकाका सदस्य भोलिका दिनमा वडाध्यक्ष, पालिका प्रमुख, उपप्रमुख, सांसद, मन्त्रीसम्म बन्न सक्ने बताइन् । ‘सम्भावना र अवसर छ, त्यसका लागि आफ्नो क्षमता विकासमा महिलाहरूले ध्यान दिनुपर्छ’, पत्रकार पोखरेलले भनिन् ।
फातिमा फाउण्डेसन नेपालकी अध्यक्ष मैमुना सिद्दिकीले सिक्ने र सिकाउने क्रम सधै जारी रहने बताइन् । उनले महिलाहरूको आर्थिक सशक्तिकरण, क्षमता अभिवृद्धि, बालविवाह, घरेलु हिंसा विरुद्ध तथा बालबालिकालाई विभिन्न खालका तालिम संस्थाले आयोजना गर्दै आएको बताइन् । तीन दिनसम्म चल्ने तालिममा रविन्द्र कर्ण लगायतले जनप्रतिनिधि महिलाहरूलाई तालिम दिंदैछन् ।
  • ७ श्रावण २०८१, सोमबार प्रकाशित
  • Nabintech