२२ भाद्र २०८१, शनिबार
२२ भाद्र २०८१, शनिबार
नेपालगंन्जमा सामुहिक मेहन्दीको रौनक
  • न्युज डेस्क

    ३२ असार २०८१, सोमबार

( नेपालगंन्ज )

मंगरबार अर्थात भोली श्रावण महिनाको सुरुवातको पुर्व सन्ध्यामा नेपालगंन्जमा सोमबार सामुहीक मेहन्दी कार्यक्रम आयोजना गरीएको छ । लायन्स क्लब अफ नेपालगन्ज युनिटीको आयोजना र न्यु गुड आइ टि सिले संयुक्त रुपमा मेहन्दी कार्यक्रम आयोजनामा गरेको हो ।

श्रावण महिनामा खासगरी हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजा आराधना तथा उपासना गर्ने परम्परा छ ।अनि महिलाहरूले यो महिनाभरि हरियो चुरापोते र पहिरन लगाउनुका साथै हातमा मेहन्दी लगाउने परम्परा छ।

मेहन्दी कुनै एक धर्म संग नजोडिएकोले सबैले एक आपसमा हार्दीकता सदभाव आदानप्रदान गर्न सामुहीक मेहन्दीको अवसर राखीएको बिन्दुचर्ति मगरले बताइन् ।
मेहन्दीलाई मायाको प्रतीक मान्दै रङ गाढा रहेमा माया पनि गाढा रहने कतिपयको विश्वास छ। विभिन्न डिजाइनका मेहन्दी लगाएर सहरबजार गर्ने गरेका युवायुवतीको संख्या बढ्दो छ।

साथीहरू बिचको आत्मीयता र सम्बन्धलाई अझ प्रगाढ पार्दै लैजाने उद्धेश्यका साथ लायन्स क्लब अफ नेपालगन्ज युनिटि क्लबलले फेलोसिप तथा मेहन्दि कार्यक्रम गरीएको मिना ढकालले बताइन् ।

 

  • ३२ असार २०८१, सोमबार प्रकाशित
  • Nabintech