२२ भाद्र २०८१, शनिबार
२२ भाद्र २०८१, शनिबार
पुर्व कृषि तथा भूमि ब्यवस्था मन्त्री अहिरले गरे लुम्विनी प्रदेश सरकारको बजेटबाट भएका योजनाको अनुगमन
  • न्युज डेस्क

    ३१ असार २०८१, आईतवार

नेपालगंन्ज ।

लुम्विनी प्रदेशका निवर्तमान कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल अहिरले बाँके क्षेत्र नं। २ प्रदेश क मा लुम्विनी प्रदेश सरकारको बजेटबाट
भएका योजनाको अनुगमन गरेका छन् । आर्थिक वर्ष ०८०÷८१ मा संचालन भएका योजनाको अवस्थाको जानकारी लिन निवर्तमान मन्त्री यादवले अनुगमन गरेका
हुन् ।

उनले सिफारिसमा डुडुवा गाउँपालिका २ बेतहनी बजारदेखि छोटी भन्सार जोड्ने एक किलोमिटर सडक कालोपत्रे भएको छ । एक करोड लागतमा निमार्ण भएको उक्त सडक रकम अभावका कारण अपूरो भएपछि थप सात लाख रुपैयाँ विनियोजन गरेको उनले बताए ।

उनकै सिफारिसमा डुडुवा गाउँपालिका २ बिनय लोनियाको घरदेखि नौरीगौढीसम्म नालासहित पिसीसी निर्माण भएको छ । क्रमागत योजना अन्तरगत उक्त नाला र
पिसिसिका लागि २० लाख बजेट विनियोजन भएको थियो ।

त्यसैगरी, डुडुवा गाउँपालिका ३ हलवलडोली गाउँमा २० लाख रुपैयाँमा पिसीसी गरिएको छ भने २० लाख रुपैयाँ लागतमा डुडुवा गाउँपालिका २ बाबा गाउँदेखि
भिलोरपुर्वा जोडने सडक निर्माण भएको छ ।

उनकै सिफारिसमा २५ लाख रुपैयाँमा डुडुवा गाउँपालिका ३ कटैहिया–हल्कारापुर्वा जोडने सडक निर्माण भएको
यादवका स्वकिय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिए ।विश्वकर्माका अनुसार, १० लाख रुपैयाँमा ज्ञानदिप माबि डलैपुरमा पर्खाल निर्माण र ३० लाख रुपैयाँमा डुडुवा गाउँपालिका ३ स्थित बरगद बाबा मजारको सौन्दर्यकरण गरिएको छ ।

दोस्रो पटक कृषि मन्त्री भएपछि उनले डुडुवा गाउँपालिका २ स्थित ब्रम्हचारी मन्दिरमा धर्मशाला निर्माणका लागि २० लाख रुपैयाँ सिफारिस
गरेका थिए । उनकै सिफारिसमा आएको रकमले धर्मशाला निर्माण पूरा भएको छ । निवर्तमान मन्त्री यादवकै पहलमा डुडुवा गाउँपालिका ४, कब्रस्तान नजिकैको
ईदगाहमा १० लाख रुपैयाँमा वाल वाउण्ड्री लगाउने काम सम्पन्न भएको छ ।

उनले आफ्नो पहलमा नेपालगञ्ज उपमहानगरपालिका २१, झगरपुरदेखि मोल्वीपुर्वा  जाने बाटो स्तरोन्नतीका लागि १५ लाख रुपैयाँ ब्यवस्थापन गरेका थिए । उक्त
सडक स्तरोन्नती भइसकेको छ । भने, नेपालगन्ज उपमहानगरपालिका १३ छोट्का पर्सनपुर्वा र खट्कनपुर्वामा शहरी बिकास पुर्वाधार मन्त्रालय अन्तरगत १०
लाख रुपैयाँ ब्यवस्था मिलाएका थिए ।

आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि विशेष ध्यान दिएका निर्वतममान मन्त्री यादवले नेपालगन्ज १८ देखि पूर्व बाईपास रोडमा शहरी बिकास मन्त्रालयबाट १० लाख रुपैयाँ विनियोजन गराएका थिए । उनकै नेतृत्वमा डुडुवा गाउँपालिका १ नयाँ बस्तीमा एकीकृत बस्ती पूर्वाधार निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भई निर्माणको काम भइरहेको छ ।

आव ८०÷८१ मा नेपालगञ्ज उपमहानगरपालिका १३ उदयपुरको मुख्य बाटोदेखि प्रसनपुर्वा गाउँ हुँदै नेपालगञ्ज उपमहानगरपालिका १४ जोड्ने सडक ४० लाख
रुपैयाँमा निर्माण भएको बताउँदै स्वकिय सचिव विश्वकर्माले नेपालगंज उपमहानगरपालिका २१ मङ्गल शाह चोकदेखि तेलियनपुर्वा गंगाराम पुर्वा जोडने
सडक ४० लाख रुपैयाँमा निर्माण सम्पन्न भएको जानकारी दिए ।

आला नगर उत्तर लक्ष्मी परियारको घर हुँदै ७ सय मिटर ग्रावेल बाटो निर्माणमा २० लाख रुपैयाँ लागेको छ । त्यसैगरी, नेपालगंज उपमहानगरपालिका
१९ कटिलिया मोडदेखि जानकी चोक हुँदै हुलाकी राजमार्ग जोड्ने २० लाख रुपैयाँमा निर्माण भएको छ । निवर्तमान कृषि मन्त्री यादवको पहलमा डुडुवा
गाउँपालिका २ बहरीदाई मन्दिर सौन्दर्यकरण गरिएको छ । १० लाख रुपैयाँमा मन्दिर सौन्दर्यकरण गरिएको हो ।

१० लाख रुपैयाँमा डुडुवा गाउँपालिका ३ हल्कारापुर्वास्थित बुढवा बाबा मन्दिर सौन्दर्यकरण र गरिएको छ । १५ लाख रुपैयाँमा डुडुवा गाउँपालिका ३
रमपुर्वास्थित मदरसा मर्मत सम्भार भएको स्वकिय सचिव विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार, १० लाख रुपैयाँमा डुडुवा गाउँपालिका १ उचवा सन्तलियास्थित कब्रस्तानमा वाल वाउण्ड्री निर्माण तथा डुडुवा गाउँपालिका ६ कालावन्जरमा मन्दिर निर्माण एवम् १० लाख रुपैयाँमा सौन्दर्यकरण गरिएको छ । भौतिक पूर्वाधारमा विशेष जोड दिएका निवर्तमान प्रदेश मन्त्री यादवकै पहलमा १० लाख रुपैयाँमा डुडुवा नालामा तटबन्ध गर्ने कार्य सम्पन्न भएको छ ।

उनी कृषि मन्त्री भए पनि अन्य मन्त्रालयसँग समन्वय गरि आफ्नो क्षेत्रको विकासका लागि बजेटको ब्यवस्था मिलाउँदै आएका छन् । कृषि मन्त्रालयको सघन
बाली बिकास कार्यक्रम कृषि प्रसार कार्यक्रम लक्षित वर्ग तथा आवश्यकतामा आधारित कार्यक्रम लगायत करिब ३ करोड रुपैयाँ आफ्नो क्षेत्रका नागरिकको
हितमा खर्च गरेका छन् ।

  • ३१ असार २०८१, आईतवार प्रकाशित
  • Nabintech