२२ भाद्र २०८१, शनिबार
२२ भाद्र २०८१, शनिबार
अन्याय बिरुद्धको चुनौती सामना गर्न ,महिला मानव अधिकार रक्षकहरुलाई स्वयं सुरक्षा तालिम
  • न्युज डेस्क

    ३१ असार २०८१, आईतवार

नेपालगंन्ज ।

अन्याय बिरुद्ध स्थानियस्तर देखि संघिय सरकार सम्म आवाज उठाउंदै पीडितलाई न्याय दिलाउन क्रियाशिल महिला मानव अधिकार रक्षक लाइ सुरक्षा तालिम दिइएको छ ।

स्थानीय देखी केन्द्र सम्म सरोकारवालालाई सामाजिक न्याय स्थापनाका लागी जवाफदेही बनाउन वकालत तथा अभियानहरु गर्दै आएका महिला मानव अधिकार रक्षकहरुलाई जोखिम तथा चुनौतीहरुको सामना गर्न स्वयं सुरक्षाका लागि अरजेन्ट एकशन फन्डको सहयोगमा नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रद्धारा ४ दिने तालीम दिइएका्े हो ।

सामाजिक न्यायका लागि अनवरत सवाल उठाई निरन्तर सरोकारवाला निकायलाई न्यायका लागि घचघचाउँदै आई रहेका ग्रामीण तथा शहरी महिला मानव अधिकार रक्षकहरुलाई आउने धम्की, डर, त्रासलाई चिरदै न्यायका लागि खट्न सदैव तत्पर रहन नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र, बाँकेको आयोजनामा बिभिन्न रुपान्तरणमुखी टूल्सको माध्यमबाट स्वयं सुरक्षाका लागि तालीम प्रदान गरिएको छ ।

अन्यायमा परेका पीडितहरुको सवाललाई उठान गर्न महिला अधिकार मञ्चका रक्षकहरु सदैव तत्पर रहेको, पीडितहरुलाई न्याय दिलाउनका लागि अग्रसर रहने महिला मानव अधिकार रक्षकहरुलाई अभियुक्तहरु बाट र बिभिन्न तह तपकाबाट धम्कीपुर्ण र जोखिमपुर्ण किसिमका धम्की दिई श्रृजना भएको डर त्रासको वातावरणलाई चिर्नका लागि ति जोखिमबाट सुरक्षित हुने र महिला अधिकार मञ्चका रक्षकहरुले तत्काल स्वयं सुरक्षा कसरी गर्ने भन्ने बारे तालिम संचालन गरिएको समाजकी अध्यक्ष रुबी खानले जानकारी दिएकी हुन ।

उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रुबी खानले गर्नु भएको थियो भने स्वागत महिला अधिकार मञ्चकी अध्यक्ष मन कुमारी गुरतालले गर्नु भएको थियो । ३० जना महिला मानव अधिकार रक्षक सहभागी रहेको कार्यक्रममा सहभागीहरुको तर्फबाट ककेई चमार तथा सलिमुन निसा बेहनाले आफनो मन्तबय राख्नुभएको थियो । हामी जस्तो सुकै जोखिमको सामना गर्न तयार रहेको भनी आफ्नो धारणा राख्नु भएको थियो भने न्यायका लागी पैदल यात्रा गर्ने कार्यक्रममा अतिथी रहेका डुडुवा गांउपालिका वडा नं।६, हिरमिनियाका राहुल शेखले हामी न्यायको लडाई कुनै पनि अवस्थामा नछोडने, हरेस नखाई निरन्तर रुपमा स्थानियस्तर देखि राष्टियस्तर सम्म न्यायको आवाज उठाई रहने भनाई राख्नु भएको थियो ।

प्रशिक्षक मो।शेर बागवानले केही परे स्वयं सुरक्षा गर्न तत्काल स्वयंम सफल हुनु भनी सबै सहभागीहरुलाई शुभकामना ब्यक्त गर्नु भएको थियो ।

  • ३१ असार २०८१, आईतवार प्रकाशित
  • Nabintech