१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार
स्थानिय सरकार तथा प्रदेश सरकार बिच समन्वय र अभ्यासबारे अन्तक्रिया
  • न्युज डेस्क

    ३० असार २०८१, शनिबार

( नेपालगंन्ज )

नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बँकेको आयोजना तथा द एशिया फाउण्डेशनको सहयोगमा प्रदेश स्तरिय योजना छनौटका लागि स्थानिय सरकार अन्तरगत जानकी गाऊँपालिका संगको समन्वय र अभ्यास बिषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै जानकी गाऊपालिका अध्यक्षले टोल बस्तीबाट छनौट हुदै आएका योजनाहरु पालिकामा पुगेपछि कार्यपालिकाको बैठक बसी प्रदेश सरकार संग योजना माँग गर्ने निर्णय गरे पनि हाल सम्म प्रदेश सरकारबाट माँग गरिएको योजनाहरु मध्ये १०÷१५ प्रतिशत मात्र योजनाहरु को स्वीकृती प्राप्त हुने गरेको बताउनु भएको छ ।

त्यसै गरी पालिका उपाध्यक्ष रामप्यारी यादवले प्रदेश सरकारले आफनो मनपरी ढंगबाट पालिकामा संचालन गरेका योजनाहरु हाल अलपत्र अवस्थामा रहेको हुँदा उक्त योजनाहरु पालिका मार्फत गएको भए नियमानुसार सञ्चालन हुने थियो, आम जनतामा रहेका बिभिन्न समस्याहरुलाई मध्ये नजर गरी उनीहरु बाटै माँग गरिएका योजनाहरुलाई प्रदेश सरकारले मान्यता नदिई राजनीतिक पहुँच र स्वार्थ पूर्तिका लागि योजना सञ्चालन गर्दै आएको, हामीहरुले माग गरेका योजनाहरुको कुनै वास्ता नगरी प्रदेश सभा सदस्यहरु मार्फत उनीहरुले भने अनुसार योजना संचालन भई रहेको भनी जानकारी दिनु भएको हो ।

कार्यपालिका सदस्य एवं सामाजिक बिकास संयोजक राम अचल धोबीले हामी सामाजिक बिकास क्षेत्रमा १÷२ वटा योजनाहरु माँग गर्ने गरे पनि कुनै पनि योजना नपरेको देखिन्छ, हामीहरु टोल टोलबाट ल्याएका योजनाहरु भन्दा प्रदेश सरकारले भनसुनका आधारमा आएका योजनाहरुलाई बढी प्राथमिकता दिएको देखिन्छ भनी दुःख ब्यक्त गर्नु भएको हो ।

त्यसै गरी पालिकाका सूचना अधिकारी बिकास जि.सि.ले प्रदेश सरकारले सम्पूरक र बिशेष अनुदानका लागि कार्यबिधि नै पठाएको हुन्छ, कार्यबिधि मै बजेट समेत तोकिएको हुने गर्दछ, जस अनुसार हामीले योजनाहरु माँग गर्नु पर्ने हुन्छ र त्यसै अनुरुप हामीहरुले योजना माँग गरेका हौं, योजना माँग गर्दा भौतिक पूर्वाधारमा बढी योजनाहरु माँग गरिएको भन्नु भएको छ । त्यसै गरी वातावरण बिपद शाखा प्रमुख राजेन्द्र प्रसाद बाजपेईले हामीहरु योजना मँग गर्दा १÷२ भन्दा बढी पर्ने गर्दैन, जबकि हामी कार्यबिधि अनुरुप नै योजनाहरु माँग गरेका हुन्छौ भनी बताएका हुन ।

अन्तक्रिया कार्यक्रममा संस्थाका निर्देशक मोहम्मद शेर बागवान, कोषाध्यक्ष मनकुमार गुरुताल, कार्यक्रम अधिकृत बिनयराज त्रिपाठी लगायत ५२ जनाको उपस्थिती रहेको थियो ।

 

  • ३० असार २०८१, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२