२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार
बाकेका लोपन्मुख जातिका एकसय परिवारलाइ तिन सय बाख्रा वितरण
  • न्युज डेस्क

    २५ असार २०८१, सोमबार

( नेपालगंन्ज )

बाकेमा लोपन्मुख तथा अति पिछडिएका विपन्न समुदायलाई आय आर्जन वृद्धि गरेर आर्थिक रुपमा सबल बनाउन बाख्रा वितरण गरिएको छ ।
लोपोन्मुख जातिका रुपमा रहेका किंगरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रति परिवार तीन वटा बाख्रा गरेर सय परिवारलाई बाख्रा वितरण गरीएको हो ।

उनिहरु शिक्षा अनि रोजगारी नहुदा परम्रागत पेशा गर्दै आफनो जिबन निर्भाह गर्दै आइरहेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बँकेद्वारा आयोजना गरिएको एक कार्यक्रममा अति पिछडिएका नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सय परिवारलाई तिन सय बाख्रा वितरण गरिएको हो ।

बाख्रा बितरण गर्दै लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री भण्डारीलाल यादवलेबाख्रा पालन गरेर ब्यवसायीक रुपमा बाख्राको संख्या बढाउदै लैजान लोपोन्मुख जातिका समुदायलाइ सुझाव दिए ।

मन्त्री यादवले सरकारले प्रदेशमा रहेका लोपोन्मुख तथा अति विपन्न समुदायलाई माथि उकास्न उनीहरुको आय आर्जनमा सहयोग पुरयाइ आर्थिक रुपमा सबल बनाउन यी बाख्रा वितरण गरिएको सुनाए ।

नेपालगन्ज उपमहानगरको वडा नम्बर २० र २२ तथा डुडुवा गाउपालिकाको वडा नम्बर ३, ५ र ६ मा हरेक वडाबाट २० परिवारको छनोट गरेर लक्षित समुदायका सय परिवारलाई तिनसय वटा बाख्रा बितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बँकेका प्रमुख कमला अधिकारीले जानकारी दिइन् । बाख्रा बितरणका लागि प्रदेश सरकारले २० लाख बजेट छुटयाएको थियो ।

 

  • २५ असार २०८१, सोमबार प्रकाशित
  • Nabintech