२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
सशस्त्र प्रहरीको टोली द्धारा राप्ती नदीमा डुङ्गासहित फसेका चार जनाको उद्धार
  • न्युज डेस्क

    २४ असार २०८१, आईतवार

(नेपालगंन्ज )

बाँकेको राप्ती सोनारी गाउँपालिका ६ पिप्रहवाघाटस्थित राप्ती नदी पारीको किनारमा डुङ्गासहित फसेका चार जनाको आइतबार उद्धार गरीएको छ ।बाढीका कारण नदी पार गर्न नसकेर रातभर फसेका राप्ती सोनारी ६ का दिनेश मल्लाह, राजु मल्लाह, ओम प्रकाश गोडिया र रामसिंह मल्लाहलाई आइतबार उद्धार गरीएको हो ।

डुङ्गासहित फसेका चार जना मल्लाहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताए ।

उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेड क्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर बोहोराको टोली ४३ जनको प्रहरीसहित टोली पुगेको थियो।

  • २४ असार २०८१, आईतवार प्रकाशित
  • Nabintech