३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
न्यायका पक्षमा आइपर्ने जोखिमको सामना गर्न महिला मानव अधिकार रक्षकलाई परामर्श
  • न्युज डेस्क

    २३ असार २०८१, शनिबार

(नेपालगंन्ज )

न्यायका लागि आत्मबिश्वास बढाई डरत्रासको चुनौती र जोखिमको सामना गर्न ग्रामीण तथा शहरी महिला मानव अधिकार रक्षकलाई परामर्श सम्बन्धि चार दिने तालीम दिइएको छ ।

सामाजिक न्यायका लागि सवाल उठाई निरन्तर सरोकारवाला निकाय संग न्यायको गुहार लगाउँदै आई रहेकी ग्रामीण तथा शहरी महिला मानव अधिकार रक्षकहरुलाई आउने धम्की, डर, त्रासलाई चिरदै न्यायका लागि खट्न सदैव तत्पर रहन नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र, बाकेले आयोजना गरेको कार्यक्रममा बिभिन्न टूल्सको माध्यमबाट तालीम प्रदान गरिएको छ ।

अन्यायमा परेका पीडितहरुको सवाललाई उठान गरी महिला अधिकार मञ्चका रक्षकहरु पैदल यात्राका साथ साथै आमरण अनसन गरी पीडितहरुलाई न्याय दिलाउनका लागि अग्रसर रहेको हुँदा उनीहरुलाई बिभिन्न तह तपकाबाट बिभिन्न किसिमका धम्की दिई श्रृजना भएको डर त्रासको माहोललाई चिर्नका लागी तालीम परामर्श तालिम गरिएको समाजकी अध्यक्ष रुबी खानले जानकारी दिएकी हुन ।
उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रुबी खानले गर्नु भएको थियो भने स्वागत महिला अधिकार मञ्चकी अध्यक्ष मन कुमारी गुरतालले गर्नु भएको हो ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट गिता चमारले अब धम्कीले हाम्रो केही गर्न सक्दैन, धम्की दिने माथि कानूनी उपचार बाहेक कुनै बिकल्प नरहेको भनी आफनो धारणा राख्नु भएको थियो भने प्रशिक्षक मो.शेर बागवानले सबै सहभागीहरुलाई शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा ३०जना महिला मानव अधिकार रक्षक सहभागीता थियो ।

 

  • २३ असार २०८१, शनिबार प्रकाशित
  • Nabintech