३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
डाक्टर कांदू जे.भि.फाउन्डेसनको केन्द्रिय सल्लाहकार पदमा नियुक्त
  • न्युज डेस्क

    २० असार २०८१, बुधबार

(नेपालगंन्ज )

बाकेको नेपालगन्ज उपमहानगरपालिका –१ निवासी डाक्टर मनिष कुमार कांदू जे.भि.फाउन्डेसनको केन्द्रिय सल्लाहकार पदमा नियुक्त हुनुभएको छ ।
जे.भि.फाउन्डेसन केन्द्रिय समितिको असार १६ गतेको निर्णय बमोजिम नेपालगन्जका डा.मनिष कुमार कांदूलाइ जे.भि.फाउन्डेसन केन्द्रिय सल्लाहकार पदमा नियुक्ति गरीएको हो ।

अन्तराष्ट्रिय विजनेश एवार्ड (आईबिए अवार्ड) बाट सम्मानित भएसक्नुभएका कांदू ब्यवसाय संगै सामाजिक काममा सक्रिय हुनुन्छ ।
नेपालको मेडिकल क्षेत्र क्लिीनिक रिसर्चमा भुमिका निभाएको भन्दै उहालाई काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच जर्मनस्थित हेस्सन ईन्टरनेशनल युनिभर्सिटीले अन्तराष्ट्रिय आइबिए अवार्डबाट सम्मानित गरिएको थियो ।

 

रशोला हस्पिटल रिर्सच एण्ड ट्रमा सेन्टर स्थापना गरि पश्चिम नेपालमा मेडिकल क्षेत्रमा सुविधासम्पन्न र स्तरको सेवा दिन थालेका छन् ।
रशोला हस्पिटल रिर्सच एण्ड ट्रमा सेन्टर जुन नेपालको सबैभन्दा ठुलो ट्रमा सेन्टर हो। जुन नेपालभरीको दोस्रो ट्रमा सेन्टर हो भने प्राइभेट सेक्टरको पहिलो ट्रमा सेन्टर हो ।

अमेरिकाबाट मेडिकल र क्लिनिक रिर्सचमा विद्यावारिधी गरेका कांदू यस अघि  बिभिन्न क्षेत्र बाट सम्मानित भइसकेका छन् ।

 

 

  • २० असार २०८१, बुधबार प्रकाशित
  • Nabintech