१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार
अन्तराष्ट्रिय विजनेश  अवार्ड बाट  नेपालगंन्जका डाक्टर कांदू सम्मानित
  • न्युज डेस्क

    ३ असार २०८१, आईतवार

( नेपालगंन्ज )
बाकेको नेपालगन्ज उपमहानगरपालिका –१ निवासी डाक्टर मनिसकुमार कांदू अन्तराष्ट्रिय विजनेश एवार्ड (आईबिए अवार्ड) बाट सम्मानित भएका छन् ।
नेपालको मेडिकल क्षेत्र क्लिीनिक रिसर्चमा भुमिका निभाएको भन्दै उन लाई काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच जर्मनस्थित हेस्सन ईन्टरनेशनल युनिभर्सिटीले अन्तराष्ट्रिय आइबिए अवार्डबाट सम्मानित गरेको हो।


रशोला हस्पिटल रिर्सच एण्ड ट्रमा सेन्टर स्थापना गरि पश्चिम नेपालमा मेडिकल क्षेत्रमा सुविधासम्पन्न र स्तरको सेवा दिन थालेको भन्दै उनको कामको मूल्याकन स्वरुप जर्मन स्थित हेस्सन ईन्टरनेशनल युनिभर्सिटीले अन्तराष्ट्रिय विजनेश अवार्डबाट आफुलाइ सम्मान गरेको उनले बताए । उनले यो सम्मानले आफुलाइ मेडिकल क्ष्ोत्रमा काम गर्न थप हौसला थपेको सुनाए ।

रशोला हस्पिटल रिर्सच एण्ड ट्रमा सेन्टर जुन नेपालको सबैभन्दा ठुलो ट्रमा सेन्टर हो। जुन नेपालभरीको दोस्रो ट्रमा सेन्टर हो भने प्राइभेट सेक्टरको पहिलो ट्रमा सेन्टर हो ।
अमेरिकाबाट मेडिकल र क्लिनिक रिर्सचमा विद्यावारिधी गरेका कांदू यस अघि पनि बिभिन्न क्षेत्र बाट सम्मानित भइसकेका छन् ।

 

 

  • ३ असार २०८१, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२