१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
एकल महिलाहरु लाइ आत्मनिर्भर बनाउन तालिम
  • न्युज डेस्क

    २५ जेष्ठ २०८१, शुक्रबार

 

(नेपालगन्ज)

एकल महिलाहरु लाइ आत्मनिर्भर बनाइ उद्यमी बनाउने उद्धेश्यले अचार बनाउने र बाटेको सुगन्धीत धुप बनाउने तालिम दिइएको छ ।दन्द पीडित तथा एकल महिला संजाल बाकेको आयोजना तथा नेपालगंन्ज उपमहानगरपालिकाको सहयोगमा द्धन्द प्रभावित बेपत्ता तथा एकल महिलाहरुलाइ तालिम दिइएको हो ।

नेपालगंन्ज उपमहानगरपालिका मेयेर प्रशान्त बिष्टले कुनै पनि उमेर अनुसार घरमै गर्न सकिने हुदा सिपको सदुपयोग हुनुपर्ने बताए । मेयेर प्रशान्त बिष्ट भवन र बाटोका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाए ।

नेपालगंन्ज उपमहानगरपालिका ९का वडा अध्यक्ष गोबिन्द रेग्मीले सिकेको सिप लाइ रोजगारी संग जोडन सहभागि लाइ अनुरोध गरे ।
उपाध्यक्ष बिन्दा खरेलको स्वागत मन्तब्य गरेको सो कार्यक्रमामा प्रशिक्षक अनु पाण्डे ले अचार बनाउने भगवता श्रेष्ठले बाटेको सुगन्धीत धुप बनाउने तालिम दिएका थिए । सात दिने सो तालिममा २५ जना एकल महिलाको सहभागिता थियो ।

दन्द पीडित तथा एकल महिला संजाल बाकेका अध्यक्ष एकमाया बिक, संस्थापक अध्यक्ष शोभा बिसी ,पुर्व अध्यक्ष जयन्ती खत्रीले सिप लाइ बजार संग जोडनका लागि बजार संगै ब्यबसाय गर्ने वातावरण मिलाइदिन उपमहानगरलाइ अनुरोध गरे ।

 

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित
  • Nabintech