७ जेष्ठ २०८१, सोमबार
७ जेष्ठ २०८१, सोमबार
आगलागीबाट घर र गोठ जले
  • न्युज डेस्क

    १९ बैशाख २०८१, बुधबार

(नेपालगंन्ज)

बाकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–८ बालापुरमा बुधबार आगलागी भएको छ। आगलागीबाट घर र गोठ जलेका छन्।
स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको गरी तीन वटा घर तथा गोठमा आगलागी भएको हो। आगलागीबाट एउटा भैँसी, ७ वटा भेडा, सुन, चाँदी, धान, गहुँ, मकै, लत्ताकपडा समेत जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ।

आगलागी भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दा घटनास्थल पुगेका थिए। आगलागीबाट करिब ३० लाख रुपैया बराबरको क्षति भएको जनाइएको छ ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण सम्शेरगन्जबाट डिएसपी देवबहादुर बोहराको नेतृत्वमा १ सय ५ जना सुरक्षाकर्मी खटिएका थिए।

सशस्त्र प्रहरीको उद्धार तालिम प्राप्त टोलीले फायर फाइटिङ उपकरण र दमकल सहित परिचालन भएर आगो नियन्त्रण गरेको डिएसपी बोहराले सुनाए ।

  • १९ बैशाख २०८१, बुधबार प्रकाशित
  • Nabintech