१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
मजदुर महिलाका समस्या समाधानका लागि ज्ञापनपत्र
  • न्युज डेस्क

    २४ मंसिर २०८०, आईतवार

 

( नेपालगंन्ज )
लैङ्िगक हिंसा विरुद्धको १६दिने अभियान अन्र्तगत अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रकोे आयोजनामा तथा एक्शनएडको सहयोगमा संचालित कार्यक्रम अन्तरर्गत बिभिन्न मागहरु राख्दै आइतबार ज्ञापनपत्र बुभाएका छन् ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोेखरेललाई श्रमिक महिला संजाल तथा महिला अधिकार मञ्चद्धारा संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाईएको हो ।
नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रकोे आयोजनामा तथा एक्शनएडको सहयोगमा संचालित कार्यक्रम अन्तरर्गत महिला अधिकार मञ्चका अध्यक्ष मनकुमारी गुरताल , जिल्ला श्रमिक महिला सञ्जालका अध्यक्ष लक्ष्मी सुनारले सयुत्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलल समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
उनिहरुले मजदुर महिलाहरु माथि हुने बिभेद तत्काल रोकी पाउने सेवा सुबिधाबाट बञ्चित नहुने गरि श्रमिक महिलाहरु माथि हुने दुबर््यवहार तथा लैङ्गिक आधारमा पारिश्रमिकको अन्तरलाई न्युनिकरण गरि सुरक्षित कार्यस्थलका लागी तपशिलको मांग गरेका छन ।
श्रमिक, मजदुर महिलाहरु लामो समय देखि ज्याला, मजदुरीमा श्रम गरि रहेका छन । आफनो घर, परिवारको खर्च टार्न, बालबालिकाहरु का शिक्षा, स्वास्थ्यका लागी आफनो घर परिवारबाट टाढा रहेर समेत ज्याला, मजदुरी गरि परिवारको पेट पाल्ने कार्य गर्दछन ।
श्रमिक महिलाहरुले आफनो कार्य पुर्ण इमान्दारीका साथ गरि रहंदा पनि समान कामको सान ज्याला पाईरहेका छैनन् । ज्यालामा समेत बिभेद हुन्छ । श्रमिक महिलाहरुले गरेको मजदुरीको रकम समयमा पाउदैनौ कहिले साहु त कहिले ठेकेदारको मुख ताक्नु पर्ने हुन्छ । रकम माग्न जांदा साहु र ठेकेदारबाट अपशब्दहरु र अभद्र ब्यबहारबाट अपमानित हुनु पर्ने बाध्यताको अवस्था छ ।मजदुर महिलाहरुको कार्यस्थलमा दुर्घटना हुंदा दुर्घटना बिमा समेत हुदैन । निमार्णस्थलमा, कार्यस्थलमा शौचालयको व्यवस्था हुदैन भयो भने पनि महिला र पुरुषको शौचालय फरक फरक हुंदैनन ।

श्रमिक महिलाको महिनावारीको बिशेष अवस्थामा प्याडको ब्यवस्था पनि हुंदैन । सफा र शुद्ध खाने पानीको ब्यवस्था तथा कार्यस्थलमा हुने आवश्यक स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्था जस्तै पन्जा, मलहम पटटी, सामान्य औषधि, फषर््ट एड बक्स नभएर तत्काल पाउने उपचारबाट समेत बञ्चित गरिन्छ ।
यसरी मजदुर महिलाहरु माथि हुने बिभेद तत्काल रोकी पाउने सेवा सुबिधाबाट बञ्चित नहुने गरि श्रमिक महिलाहरु माथि हुने दुबर््यवहार तथा लैङ्गिक आधारमा पारिश्रमिकको अन्तरलाई न्युनिकरण गरि सुरक्षित कार्यस्थलका लागी अभियानले बिभिन्न मागहरु सारेका छन् ।

१,श्रमिकहरुको पुरुष सरह समान,उचित र न्यूनतम ज्याला सुनिश्चित गरियोस्
२,. सबै प्रकारका हिंसा र दुव्र्यवहार मुक्त कार्यथलो निर्माण गरियोस् ।
३,. श्रमिक महिलाहरुको व्यवसायिक सुरक्षा र स्वास्थ्य सुनिश्चित गरियोस् ।
४, अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकहरुका विश्वब्यापी सामाजिक संरक्षण ( युनिभर्सल सोसल प्राटेक्सन ) र योगदानमा आधारित सामाजिक सुरक्षा सुनिश्चित गरियोस् ।
५,लैङ्गिकमैत्री सार्वजनिक सेवाहरु मार्फत् महिलाको पारिश्रमिक बिनाको हेरचाहमूलक कार्यबोझ न्यूनिकरण गरियोस् ।

  • २४ मंसिर २०८०, आईतवार प्रकाशित
  • Nabintech