१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
बारबर्दियामा पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत साँस्कृति कार्यक्रम हुने
  • न्युज डेस्क

    २२ आश्विन २०८०, सोमबार

मेनका चौधरीः
२२गते असोज
बर्दियाको बारबर्दिया नगरपालिकामा असोज २६ व २७ गते पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत साँस्कृति कार्यक्रम २०८० हुने भएको छ ।
भाषा सँस्कृति व साहित्य संरक्षण करी पुर्खनिया कला सिप लौव पुस्ता हे हस्तान्तरण करी भन्ने मुल नारा सहित पर्यटन डिभिजन कार्यालय कोहलपुरको सहयोग र राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत साँस्कृति कार्यक्रम २०८० मा पौराणिक लोक नृत्यमा ६० टिम सहभागि हुने र४० जना राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले आज बारबर्दिया नगरपालिका वडा न ५ मा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
राष्ट्रिय थारु कलाकार मञ्च, जिल्ला कार्यसमिति बर्दियाको अध्यक्ष प्रदेशी चौधरी (दर्पण कुसुम्य) को अनुसार प्रतियोगितामा बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिकाको तिन विधाको पौराणिक लोक नृत्यलाई प्राथमिक्ता दिने छ भन्नुभएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष चौधरी भन्नुभयो कार्यक्रमका उदेश्य आदिवासी जनजाती समुदायमा रहेका पौराणिक लोक कलाको संरक्षणमा अभिप्रेरित गर्दै प्रोत्साहन गर्ने, बर्दियाली कलाकारको मनोबल बढाउने, कला तथा गीत संगित जगेर्न गर्दे सक्रिय गराउने र सहभागीतामा बृद्धि गर्ने रहेको जानकारी दिएका छन् । त्यसैगरी पौराणिक लोक कला नयाँँ पुस्तालाई हस्तान्त्रण गर्न सहयोग पुयाउने , पौराणिक लोककला संरक्षण गर्ने तथा सम्मान गर्ने स्थानिय रैथाने खानपानको व्यावसायीकरणमा टेवा पुर्याउने, बर्दिया जिल्लामा रहेका ऐतिहासिक, साँस्कृतिक तथा पौराणिक स्थलको प्रचार प्रसार सँगै बर्दियाली कलाकारको प्रस्तुतिमा मनोरञ्जन दिने बताएका छन ।
१० जना पौराणिक लोककला संरक्षणकर्ता तथा सर्जक, थारु कला सँस्कृति जर्गेनाको लागी कलम चलाउने १० जना पत्रकार, थारु कला सँस्कृति संरक्षणमा योगदान पुरर्याउने १० ओटा संघ संस्थालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले बताएका छन् । कार्यक्रममा सहभागि हुने मध्ये प्रतियोगिता मध्येका उत्कृष्ट ३ समुहलाई २० हजारको दरले नगद पुरस्कार र सहभागि हुने प्रतियोगीहरुलाई सानत्वना पुरस्कार दिने अध्यक्ष चौधरी जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रमुख अतिथि लुम्विनि प्रदेशका सांसद राज कुमार चौधरी रहने बताएका छन् । विशेष अतिथि पर्यटन डिभिजन कार्यालय कोहलपुर प्रमुख रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १२ लाखसम्म खर्च हुने अनुमान आयोजक रहेको छ ।
लोप हुदै गएको पौराणिक लोक नृत्य जगेना गर्ने र नयाँ पुस्तालाई हस्तान्त्रण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जानकारी दिएको छ ।
राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला कार्यसमिति बर्दिया लोक कला गीत संगीत तथा सँस्कृती संरक्षण तथा बर्दियाली कलाकार हरुको हीतको लागी विभिन्न थरीथरीको काम गर्दे आएको छ ।
  • २२ आश्विन २०८०, सोमबार प्रकाशित
  • Nabintech