२६ चैत्र २०८१, मंगलवार
२६ चैत्र २०८१, मंगलवार
नेपालगंन्जमा एक करोड १५ लाख रुपैयामा ब्याडमिन्टन प्रशिक्षण केन्द्र ,पूर्वमन्त्री राईले गरे उद्घाटन
  • न्युज डेस्क

    २५ असार २०८०, सोमबार

(नेपालगन्ज)
नेपालगन्जको वडा नं. १, धम्बोझीमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र बनेको छ। उमहानगरको वडा नं १ले एक करोड १५ लाख रुपैयामा तयार भएको ब्याडमिन्टन प्रशिक्षण केन्द्रको सोमबार पूर्वमन्त्री मो. इस्तियाक राईले उद्घाटन गरेका हुन्।
मो. इस्तियाक राई मन्त्री हुदा सो बजेट छुट्याइएको थियो।

वडा नं. १ का अध्यक्ष प्रमोद रिजालका अनुसार, सहरी विकास मन्त्रालयको ६६ लाख, नेपालगन्ज उपमहानगरपालिकाको ३४ लाख र वडा नं. १ को १५ लाख रुपैयामा ब्याडमिन्टन प्रशिक्षण केन्द्र तयार भएको हो।
प्रशिक्षण केन्द्रमा बिहान जसले पनि खेल्न पाउने ब्यबस्था मिलाइएको छसाँझ भने विद्यालय र बालबालिका केन्द्रित भएर प्रशिक्षण दिइने वडाध्यक्ष रिजालले बताए।

सो अवसरमा धम्बोझीमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका राजुराज शाही, सन्दीप सिंह, रमेश मल्ल, लक्ष्मण थापामगर, लक्ष्मी गुरुङ, राजु थापामगर, अशोककुमार पुनमगरलाई सम्मान गरिएको थियो।
सो ब्याडमिन्टन प्रशिक्षण केन्द्र उद्घाटन कार्यक्रममा प्रदेश सभासद रत्न खत्री, नेपालगन्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले शुभकामना मन्तब्य राखेका थिए।

उद्घाटनका क्रममा पूर्वमन्त्री राई र मेयर विष्ट, प्रमुख जिल्ला अधिकारी आचार्य र वडाध्यक्ष रिजालको जोडी बनेर मैत्रीपूर्ण ब्याडमिन्टन खेल खेलेका थिए।

 

  • २५ असार २०८०, सोमबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२