२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार
एक हप्ते गुडिया बनाउने तालिम सकियो
  • न्युज डेस्क

    १३ असार २०८०, बुधबार

(नेपालगन्ज)
महिलाहरु लाइ आत्मनिर्भर बनाउने उद्देश्यले बाकेको नेपालगंन्जका बिभिन्न समुदायका महिलाहरुका लागि सीप मुलक एक हप्ते गुडिया बनाउने प्रशिक्षण बुधबार समापन गरीएको छ ।

नारी कल्याण समाज , बाकेदारा आयोजित नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र युरेशिया रेयुकाई समाज बिकास केन्द्रको समन्बयमा विभिन्न समुदायका महिलाहरुका लागि सीप मुलक एक हप्ते गुडिया बनाउने प्रशिक्षण कार्यक्रम गरीएको थियो । तालिममा ३० जना महिलाहरुको सहभागितामा रहेको थियो ।

संस्थाका अध्यक्ष नारायणी रुपाखेतिको सभापतित्व , महिला बिकाश अधिकृत मन्जु पंडितको प्रमुख आतिथ्य, सामाजिक बिकाश समिती संयोजक अमृता सिंह, युरेशिया रेयुकाई समाज बिकाश केन्द्र बाँके जिल्ला अध्यक्ष ईन्द्रजित सिह, कार्यालय प्रमुख शशी सिह लगायतको सहभागितामा युरेशिया रेयुकाईको सभा हलमा तालिम समापन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी मन्जु पंडितले सीप सिकेर यसलाई ब्यबहारमा ल्याउदै आफू पनि साना उधमिको रुपमा अघि बढन सल्लाह दिइन् ।
यसको लागि सहयोग सल्लाहको लागि उपमहानगरपालिका महिला बिकाश शाखाको ढोका सदैव खुल्ला रहेको र आफुले उत्पादन गरेका बस्तुहरुको बजार ब्यबस्थापनका लागि पनि तयार रहेको बताउदै महिलाहरुलाई उधम क्षेत्रमा जोडिन र यसका लागि आगामी आर्थिक बर्षहरुमा बजेट फराकिलो बनाउने बताउदै सहभागी महिलाहरुलाई थप सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा युरेशिया रेयुकाई कार्यालय प्रमुख शशी सिहको मन्तब्य , सहभागिहरु मध्येबाट संगिता श्रेष्ठ र मुनमुन साहुले आफना भनाइ राखेका थिए ।
कार्यक्रम संस्थाका उपाध्यक्ष यशोदा उपाध्याय दारा स्वागत मन्तब्य र संचालन महासचिव शोभा गुरुङले गरेकी थिइन् ।

 

  • १३ असार २०८०, बुधबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२