७ जेष्ठ २०८१, सोमबार
७ जेष्ठ २०८१, सोमबार
गत आर्थिक बर्षमा बाकेबाट ८ हजार ९७ जना विदेश गए
  • न्युज डेस्क

    १३ असार २०८०, बुधबार

(नेपालगन्ज)

वैदेशिक रोजगारीको क्रममा एक वर्षको अवधिमा बाकेमा ९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएकाहरुमध्ये नेपालगंन्ज उपहमानगरका दुइ जना , कोहलपुरका एक जना, खजुराका तिन जना ,बैजनाथका दुइ जना ,राप्तीसोनारीका एक जना गरी जिल्लाका ९ जनाले ज्यान गुमाएका हुन् ।
मृत्यु हुनुको प्रमुख कारण भने यकिन भएको छैन ।सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले मृत्यु भएकामध्ये सबैको शव स्वदेश ल्याइसकिएको बताए ।

बाके बाट गत आर्थिक बर्षमा रोजगारीका लागि ८ हजार ९७ जना विदेश गएको तथ्यांक छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बाँकेमा सुरक्षित बैदेशिक रोजगारीका लागि १४ हजार बढीलाई सूचना सम्प्रेषण गरेको छ ।
आोलीका अनुसार बाँकेमा आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेको संख्या चालू आर्थिक बर्षमा १४ हजार चार सय ४६  छ । यो साउन १ गतेदेखि जेठ ३२ गतेसम्मको तथ्यांक हो । यस्तै रिटर्नी स्वयंसेवक परिचालनमार्फत घरभेट गरिएको संख्या ४४ सय ७६ छ । गत आर्थिक बर्षमा निःशुल्क कानुनी सेवा लिनेको संख्या २७३ रहँदा चालू आर्थिक बर्षमा ६१ रहेको ओलीले जानकारी दिए ।

सामीले निःशुल्क तालिम दिएर सीप सिकाउने काम पनि गरिरहेको छ । बैदेशिक रोजगारीसंग सम्बन्धित मनोसामाजिक समस्या भोगिरहेकाहरुको जीवनमा बदलाब ल्याउन पनि सामीले मनोसामाजिक परामर्श सेवा दिँदै आएको नेपालगन्ज उपमहानगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारीले बताइन् । उनले आत्महत्याको प्रयास गरेकाहरुलाई मनोसामाजिक परामर्श दिएर बचाएको समेत बताइन् ।
सामीले यस बर्ष ६४ जनालाई मनोसामाजिक परामर्श सेवा दिएको जनाएको छ । नेपालगञ्जमा १५, कोहलपुरमा १९, खजुरामा २५ र बैजनाथमा ५ जनालाई मनोसामाजिक परामर्श सेवा दिइएको छ ।

वित्तीय साक्षरता कक्षामार्फत बैदेशिक रोजगारीबाट आएको पैसालाई कसरी सदुयोग गर्ने भन्ने बारेमा पनि परामर्श गर्दै आएको कोहलपुर नगरपालिकाकी वित्तीय साक्षरता सहजकर्ता अनिता जिसी रावतले बताइन् । उनले विदेशमा कमाई गरेर पठाएको पैसाको हिसाब राम्रोसंग नराख्दा बढिरहेको पारिवारिक विखण्डन रोक्न पैसा व्यवस्थापन गर्ने तरिका सिकाइरहेको उल्लेख गरिन् । बाकेमा यस बर्ष १०३ जनालाई वित्तीय साक्षरतामार्फत व्यवहार परिवर्तन गराइएको तथ्यांक सामीसंग छ ।
कार्यक्रममा नेपालगन्जकी डिप्रेशनपीडित एक महिलाले मनोसामाजिक परामर्श पाएपछि आफनो जीवनमा आएको बदलाब र कोहलपुरकी विष्णु गोराथोकीले वित्तीय साक्षरता कक्षा लिएपछि श्रीमानले विदेशबाट कमाएर पठाएको पैसाको सही सदुपयोग र बचत गर्ने आनीबानीमा आएको परिवर्तनबारे आफना अनुभव सुनाएका थिए ।
सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्वीपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

सामी कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम संयोजक कमलसिंह नेपालीले बताए । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ । सामी कार्यक्रमले सूचनामा पहुच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता सेवा प्रदान गरिरहेको छ ।

 

 

  • १३ असार २०८०, बुधबार प्रकाशित
  • Nabintech