१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
” आधा शिर उचालेर”  कविता सङ्ग्रहको परिचर्चा
  • न्युज डेस्क

    ९ असार २०८०, शनिबार

(नेपालगन्ज)

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागको आयोजनामा पुस्तक परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समयकी शसक्त कवि ज्योति जङ्गलको ” आधा शिर उचालेर”  कविता सङ्ग्रहको परिचर्चा गरिएको हो ।

पुस्तक परिचर्चा तथा रचना वाचक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ महानन्द ढकालले पछिल्लो समय बाँके र बर्दियामा साहित्यिक गतिविधि बढेकोमा खुसी व्यक्त गर्दै साहित्यकारहरूले समाज परिवर्तनका लागि साहित्यिक सृजना गर्नु पर्ने विचार राखे । उनले समाज बोलेका र माटो बोकेका सृजनाहरूको आयु लामो हुने बताउँदै ज्योति जङ्गलका कविताहरूमा यी गुणहरू रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारीले अध्ययन र अभ्यासले साहित्य लेखनलाई स्तरीय बनाउने भएकोले नव सर्जकहरूलाई धेरैभन्दा धेरै पुस्तकहरू पढ्न आह्वान गरे । उनले बाँकेको कोहलपुर, खजुरा र नेपालगन्जमा प्राय: हुने गरेका साहित्यिक कार्यक्रमहरूले बाँकेको साहित्यिक स्तर उकास्न मद्दत गरेको बताए । “आधा शिर उचालेर” कविता सङ्ग्रहको समीक्षा गर्दै समालोचक तथा उप प्रध्यापक पुष्कर रिजालले ज्योति जङ्गलका कविताहरू वर्तमान समयका साक्षी हुन् ।

उनका कृतिमा समावेश गरिएका कविताहरूले महिला सशक्तीकरणका लागि चेतनाको ज्योति फैलाएका छन् भन्दै ज्योतिका कविताहरूमा काव्यिक चेत सशक्त रहेको बताए। कवि ज्योति जङ्गलले महिलाका संवेदना महिलाहरूलाई जति थाहा हुनसक्छ त्यति पुरुषलाई नहुन सक्छ त्यसैले  म महिला हुनुको नाताले तमाम महिलाहरूका संवेदना लेख्ने प्रयास गरेकी हुँ  भन्दै जोसङ्ग जे कुराको बढी अनुभव हुन्छ उसलाई त्यही कुरा लेख्न सजिलो हुने कुरा बताइन् । उनले आफ्नो “आधा शिर उचालेर”  कविता सङ्ग्रहभित्रका तीनवटा कविता वाचन गरेकी थिइन् ।

साहित्यकार सागर गैरे, साहित्यकार तथा जन ज्ञानज्योति मा. वि. कौशिलागगरकी प्रधानाध्यापक सुमित्रा न्यौपाने, जानोदय मा. वि. खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटा र बालज्योति मा. वि.कोहलपुरका प्रधानाध्यापक दामोदर पौडेलको उपस्थिति रहेको कार्यक्रममा चरित्रा शाह, हरि सुवेदी, कल्पना पौडेल जिज्ञासु, रविलाल मिजार, देवकी निरौला, खोपिराम ओली, हुकुम धड्कन, केशव निमेष, चन्द्रावति अधिकारी, बिक्रम शिशिर, प्रकाश मरासिनी, पुस्कर रिजाल, लक्ष्मण मानव, हेम प्रकाश मञ्जिल, सफल बिस्ट, सिपि खडका, सरिता काफ्ले, निकिता बोहरा, शृष्टि चौधरी प्राप्ति बस्नेत, समिक्षा शर्मा, सन्ध्या शर्मा, रचना वाचन गरेका थिए ।  हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभाकका संयोजक कवि हेमप्रकाश मञ्जिलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लक्ष्मण मानवले गरेका थिए ।

  • ९ असार २०८०, शनिबार प्रकाशित
  • Nabintech