२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार
छोरी अन्माउदै साथी ,जसले सेल्टर बाट नया जिबन पाइन्।
  • न्युज डेस्क

    ८ असार २०८०, शुक्रबार

(नेपालगन्ज)

बाकेको नेपालगन्ज उपमहानगरपालिका –२१ , पुरैनिकी लिलम कान्दुको १५ बर्षको सानै उमेरमा विहे भयो । विहे भएको तिन महिना नपुग्दै उनि माथी हिंसा सुरु भयो । सासु पति बाट बारम्बार शारीरिक मानसीक घटना भयो ।
घरबाट निकाल्ने केहि बाहाना नपाएपछि छिमेकीसँग सल्केको बाहाना बनाएर पाँच दिनसम्म यातना दिएर घरबाट निकाले । त्यसपछि उनी माईत बस्न थालिन् ।
तर,माईतमा पनि उनले हिंसा नै भोग्न थालिन् ।उनको यस्तो हविगत देखेपछि उनलाइ संस्थाको सेल्टरमा पुरयाइयो । छिमेकीहरुले मिलेर उनलाई साथी संस्थामा पुराईदिए । उनले त्यहाँ सिलाई कटाई र होटल म्यानेजमेन्ट सम्बन्धिकाम सिकिन् । र उनि फेरि माईत फर्किईन् ।

सिप सिके पनि उनले त्यो सिपलाई प्रयोगमा ल्याउन सकिनन् । सिप सिकिसकेपछि पनि उनलाई माईतमा बस्न सहज वातावरण भएन । बस्न नसक्ने स्थिति देखेपछि उनी घर नजिकैको हनुमानको मन्दीरमा बस्न थालिन् । दुइ दाइ र दिदी भएपनि उनि मागेर जिवन गुजारा गर्न थालिन् ।
मन्दीरमा बस्दा उनलाई साह्रै, डरले सताउथ्यो । उनि कहिल्यै राम्रोसंग सुतिनन् ।उनको फेरि उस्तै अवस्थाबारे थाहा पाएपछि साथीसंस्थाले फेरिे उद्दार गर्यो । र सेल्टरमा राख्यो । आफन्त अनि कुनै सहारा नभएपछि पछि उनले साथी संस्थामै कार्यालय सहयोगिको काम गर्न थालिन् । र उनले नियमित कमाउन थालिन् ।ठुलो संघर्ष पश्चात २०७४ बैशाखमा उनले नागरिकता बनाईन् । २०७८ सालमा उनले आफ्ना पहिलो पति संग अदालति प्रक्रियाबाट सम्बन्ध विच्छेद गरिन् ।त्यसबाट पाएको १ लाख रुपैंया उनले मुद्दती खातामा जम्मा गरीन् ।

काम गर्ने क्रममा निलमल जानकी गाउँपालिका बेलभारका मनिस काँदुसंग नजिक भइन् । मानिसले लिलमलाई पहिलो भेटमै प्रेम प्रस्ताव राखे । तर, उनले त्यो कुरा संस्थामा सुनाईन् । संस्थाले केटाको परिवारलाई भेटेर बिबाह पक्का गरे ।सेल्टरको सहारामा बस्दै आएकी निलमको संस्थालेनै बिहेको जोहो गरयौ । असार सात गते बिहिबार मनिस र लिलमले विवाह गरे ।उनलाइ संस्थाले छोरी जस्तै गरी अन्मायो । जुन संस्थाले उनको उद्धार गरयौ । र साहारा त्यहि संस्थाले बिदाइ गरेपछि उनि भाबुक बनिन् । संस्थाका कर्मचारी अभिभावक बने ।सबैले बिदाइमा आशु झारे ।

‘जुन सस्थाको सहाराले बाचे आज त्यहि संस्थाले बिबाह गराइदिएर बिदाइ गर्दा बिदाइको आशु रोक्न सकिन् ।निलमले भनिन् ,‘मेरो लागी सेल्टर साहारा मात्र होइन् । माइती नै बन्यौ । ’

निलमको बिदाइमा सबै कर्मचारीका आखा रसाए । सबैले आर्शिरवाद दिदै उनलाइ बिदाइ गरे ।
‘जसलाइ हामीले संमरक्षण गरयौ । उसको दुखसुखको साक्षी भयौ उसलाइ आफनै आगनबाट भारी मनले अन्माउदा बेग्लै खुशिको अनुभुति भएको छ ।’साथी संस्थाकी सरस्वती शर्माले भनीन् ,‘ एउटा नया अनुभव भयौ आफैले हुर्काएको सन्तानलाइ बिदाइ गर्दाको अनुभुती भयो ।’

 

 

 

  • ८ असार २०८०, शुक्रबार प्रकाशित
  • Nabintech