२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम प्रभावकारी बन्दै
  • न्युज डेस्क

    ८ असार २०८०, शुक्रबार

मेनका चौधरी ः ८  (असार )

लुम्विनी प्रदेशको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयना भएको छ ।
लुम्विनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेश सरकारद्धारा लुम्बिनी प्रदेशको सबै जिल्लाहरुमा आ.ब. २०७८÷०७९ देखी मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत बर्दियामा समेत कार्यक्रम संचालनमा रहेको भैईरहेको हो ।
सो कार्यक्रम अन्तरगत बर्दियाको १६७ वटा विद्यालयमा आठ वटै पालीकामा शैक्षीक सुधार कार्यक्रम लागु भएको छ । सो मध्येको गुलरिया नगरपालीकाको ओम शान्ती आधारभुत विद्यालय गुलरिया वडा नम्वर ९ दव्वा गाउँमा ,भानोदय आधारभुत विद्यालय वगही बेचैपुर बर्दिया गुलरिया वडा नम्वर ४ , वडानम्वर ९ श्री सिद्धार्थ आधारभुत विद्यालय खालेपुर्वा, राधाकृष्ण थारु वंगलामुखी माध्यमीक विद्यालय गुलरिया लगायत आठै पालीमाका १६७ विभिन्न स्कुलमा कार्यक्रम सञ्चालन रहेको छ ।

उक्त कार्यक्रम बर्दिया जिल्लाको छ वटा नगरपालिका र दुई वटा गाँउपालिका गरि ८ वटै स्थानीय तह हरुमा पनि संञ्चालित रहेको छ । उक्त कार्यक्रममा सञ्चालन कार्यविधी २०७९ अनुसार पाँच सदस्यीय कार्यक्रम कार्यान्वयनको लागि एक निर्देशक समिति रहने काम गरीरहेको छ । जसमा मुख्यमन्त्री अध्यक्ष, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सचिब सदस्य, सचिब, आर्थिक मामिला तथा सहकारी मन्त्रालय सदस्य, सचिब शिक्षा हेर्ने मन्त्रालय, कार्यक्रम निर्देशक सदस्य सचिब प्रदेश स्तरमा रहेको जिल्ला स्तरमा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा चार सदस्यीय अनुगमन समिति रहने छ ।

उक्त समितिमा जिल्ला समन्वय समितिको प्रमुख, शिक्षा विकास समन्वय ईकाइ प्रमुख सदस्य, जिल्ला समन्वय अधिकारी सदस्य, कार्यक्रम समन्वय कर्ता सदस्य सचिब रहेका छन् ।
अनुगममा समितिले जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यस्यहरुको सहभागितामा चौमासिक रुपमा अनुगमन तथा मुल्याङ्कन गरी सो प्रतिबेदन कार्यक्रम कार्यन्वयन तथा समन्वय ईकाईमा पठाइरहेको पाइएको छ । जिल्लाको सबै स्थानीय तहमा ५ सदस्यीय कार्यक्रम छनौट तथा सिफारिस समिति रहेको छ ।

कार्यक्रम छनौट तथा सिफारिस समितिको संयोजकमा नगरपालिका तथा गाउँपालिकाको प्रमुख सदस्य सम्बन्धीत पालिकाको शिक्षा शाखा प्रमुख, सदस्य सचिब पालिकाको प्रमुख प्रशासकिय अधिकृत , एक जना महिला एक जना पुरुष गरी दुई जना मनोनित सदस्य, कार्यक्रम समन्वयकर्तालाई आमान्त्रीत सदस्यको रुपमा राखिएको छ , कार्यक्रम छनोट समितिले सम्बन्धित स्थानीय तह र सम्बन्धित क्षेत्रको प्रदेश सभा सदस्यको परामर्शमा कार्यक्रम वा परियोजना छनोट गरी समन्वय कर्ता मार्फत स्विकृतिको लागि समन्वय ईकाइमा पठाउदै आएको छ ।
कार्यक्रम सिफारिस गर्दा कार्यक्रम संञ्चालन हुने स्थानमा सोही प्रकारका कार्यक्रमहरु अन्य विकास साझेदारबाट सञ्चालन छ । कार्यक्रम समन्वय कर्ताले छनोट समितिबाट छनोट भई आएको योजना÷परियोजना बमोजिमको प्राथामिकिकरण गरी समन्वय ईकाईमा सिफरिस गरी पठाउने गरेको छ ।

उक्त कार्य आन्तरिक स्रोत साधन न्युन भएको, विद्यार्थी संख्या कमभई गाभ्ने गाभिने सम्भाबना कम भएको ,भौतिक तथा वातावरणीय पुर्बाधारहरु कमजोर रहेको,सरकारी तथा गैर सरकारी क्षेत्रबाट सो विद्यालयको लागि बजेट विनियोजन नभएको, देखीन्छ । सूचना तथा संञ्चार प्रविधिको प्रयोग गरी अध्यापन गर्न सम्भव भएको ,अन्य निकाय वा स्रोत बाट जनशक्ति, तालिम उपलब्ध हुने सम्भाना नभएको यसरी समन्वय कर्ताले यस आधारमा रहि जिल्लाभरी रहेका स्थानीय तह हरुको योजना परियोजना एकिकृत गरि कार्यक्रम कार्यान्वयन तथा समन्वय ईकाइमा पठाउने जिम्मेवारी रहेको देखीएको मुल्य मन्त्री शैक्षीक सुधार कार्यक्रम समन्वयकर्ता .मायाराम चौधरीले बताउनु भएको छ ।
यस मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको उदेश्यहरु,प्रदेशमा रहेका बालविकास र आधारभुत विद्यालयका भौतिक अवस्था तथा वातावरणीय पक्षमा सुधार हुने छ । गरिब तथा बिपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउने छ विद्यालयमा अध्यापनरत जनशक्तिको क्षमता विकास गर्ने छ । विद्यालयमा न्यून रहेकोमा शैक्षिक जनशक्ति उपलब्ध गराउने छ । विद्यालय छाद्ने प्रवृति कम गर्न आवस्यक विषेश कार्यक्रम गर्ने उद्येश्य रहेको छ ।

विपदबाट क्षति भएका विद्यालयको आधारभूत पूर्वाधारको मर्मत सम्भारको ब्यवस्था गरी अध्ययन अध्यापनको लागि उपयुक्त वातावरण सृजना गर्ने कार्यक्रमको रणनीति रहेको जिल्ला सम्वन्य सीमित सम्वन्य अधिकारी ओमकार शाहले बताउनु भयो । उक्त कार्यक्रमले समूदाय र स्थानीय विशेषमा रहेका विद्यालयहरुको खास समस्या पहिचान गरी समस्या समाधानको लागि आवस्यक कार्य गर्ने बताउनु भएको छ । ईलेक्ट्रोनिक र डिजिटल उपकरणहरुको ब्यवस्था गरी विद्युतिय प्रणाली मार्फत अध्ययन अध्यापन हुने ब्यवस्था मिलाउने जानकारी दिनुभएको छ ।
मुल्य मन्त्री शैक्षीक सुधार कर्यक्रमबाट लक्षित वर्ग, स्थानीय तह र गैर सरकारी संग संस्था समन्वय र सहकार्यमा विशेष कार्यक्रम बनाई संञ्चालन गर्ने छ ।
आधारभूत विद्यालय तथा वाल विकास केन्द्रहरुमा अध्ययनरत विपन्न र अपाङता भएका बालबालिका लक्षित समूह रहेका छन् । आधारभूत तहका सामूदायिक तथा धार्मिक विद्यालय ,विद्यालय वा समुदाय केन्द्रित बाल विकास केन्द्रहरु, माध्यमिक तथा आधारभूत तहका विद्यालय तथा वालविकास केन्द्रमा अध्यापन जनशक्ति रहने छन् । प्रौढ महिलाले अध्ययन गर्ने खुला, नमूना,महिला, गृहिणी विद्यालयहरु रहने छ
शैक्षिक गुणस्तर सम्बन्धि कार्यक्रमका लागी विद्यालय बाहिरेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने र विद्यालय भर्ना भएका बालबालिबाहरुलाई विद्यालया छोद्नबाट रोक्नको लागि आवस्यक संञ्चालन गरीने कृयाकलापहरु संञ्चालन गर्ने छ । विपन्न तथा अपाङता भएका विद्यार्थीहरुको विशेष आवस्यकता सम्बोधन गरि उनिहरुलाई विद्यालय छाद्न बाध्यहुने अवस्था लार्य अन्त्य गर्न उपयुक्त कार्य गर्ने योजना रहेको शाहले बताउनु भएको छ । विद्युतिय प्रणाली मार्फत अध्ययन अध्ययपानको लागि आवस्यक पर्ने क्षमता विकास सम्बन्धि कृयाकलाप संञ्चालन गर्न सूचना प्रविधि पूर्वधारको निर्माणमा सहयोग गर्ने हुदाँ गुणस्तर हुने छ । कम्प्युटर विज्ञान, भाषा, संगीत, र खेलकुद विषयको जनशक्ति उपलब्ध गराउने छ ।
शैक्षीक सुधार कार्यक्रममले विद्यालयमा स्वस्थ्य, स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने पूर्वाधार निर्माण तथा मर्मतँ सम्भार सम्बन्धी काम गरेको छ । विपदका कारण पूर्बाधारमा भएको क्षतिको मर्मत सुधार गराउने काम गरेको छ ।
विद्यालयको प्रयोगात्मक परियोजना तथा सिकाईको लागि बगैँचा निर्माण तथा मर्मत सम्भार सम्बन्धी गरेको छ । विद्यालय भवन र उपयुक्त कक्षा कोठा ब्यवस्थापन गरेको छ । विद्यालयमा कम्प्यूटर ल्याबको ब्यवस्था र ईन्टरनेट सुविधा जडान गरेको छ । विद्यालयको मनोरञ्जन पार्क निर्माण गरेको छ । चक डस्टर रहित कक्षा कोठाको ब्यवस्थापन कार्य गरेको छ । उहाँँको अनुसार संगित र खेलकुद सामग्री उपलब्ध गराउने कार्य गरेको छ ।
कार्यक्रम छनोट तथा सिफारिस समितिले परियोजना छनोट गर्दा आर्थिक लगाएतका स्रोत साधन न्यून भएका अल्पसंख्यक र आर्थिक तथा सामाजिक रुपमा विपन्न समूदाय रहेको क्षेत्रका बालबालिका अध्ययनरत रहेका एबंम द्धन्द्ध तथा विपद प्रभाविद क्षेत्रका बालबालिका अध्ययनरत रहेका विद्यालयहरुलाई प्राथामिकता दिनुपर्नेछ । आ.ब. २०७९।८० मा बारबर्दिया नगरपालिकामा संचालित कार्यक्रमको स्थलगत अध्ययन अबलोकन गरी सुझाब सहितको प्रतिबेदन पेश गरीएको छ ।

जिल्ला समन्वय समितिका समन्वय प्रमुख तथा अनुगमन समितिका संयोजक सुर्य बहादुर विष्ट ज्यूको अध्यक्षतामा गठित चार सदस्यीय यस समितिको मुख्य उद्देश्य यस जिल्लाको आठ वटै पालिकाहरुमा संञ्चालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको भौतिक स्थलगत अध्ययन अनुगमन तथा निरिक्षण गरी जानकारी लिई आवस्यक कार्यका लागि पालिका स्तरीय कार्यक्रम छनोट समिति तथा विद्यालय ब्यवस्थापन समिति, उपभोत्ता समितिलाई मापदण्ड अनुसार कार्य गर्न सुझाब दिएका जिल्ला समन्वय समीतिको प्रमुख विष्टले जानकारी दिनुभएको छ ।
आन्तरिक स्रोत साधन न्युन भएका, विद्यार्थी संख्या कमभई गाभ्ने गाभिने सम्भाबना कम भएका, भौतिक तथा वातावरणीय सूर्बाधारहरु कमजोर रहेका ,सरकारी तथा गैर सरकारी क्षेत्रबाट सोही विद्यालयको लागि बजेट विनियोजन नभएका, सूचना तथा संञ्चार प्रविधिको प्रयोग गरी अध्यापन गर्न सम्भब भएका, अन्य निकाय वा स्रोत बाट जनशक्ति, तालिम उपलब्ध हुने सम्भाना नभएका विद्यालय एकिन गरी सोही अनुसार कार्य अघि बढाउने बताएका छन् ।

लक्षित वर्ग अन्र्तगत आधारभूत विद्यालय तथा वाल विकास केन्द्रहरुमा अध्ययनरत विपन्न र अपाङ्घता भएका बालबालिका, आधारभूत तहका सामूदायिक तथा धार्मिक विद्यालय, विद्यालय वा समुदाय केन्द्रित बाल विकास केन्द्रहरु, माध्यमिक तथा आधारभूत तहका विद्यालय तथा वालविकास केन्द्रमा अध्यापन जनशक्ति, प्रौढ महिलाले अध्ययन गर्ने खुला, नमूना,महिला, गृहिणी विद्यालयहरु छन् । लक्षित बर्ग परे नपरेको एकिन गर्ने समेत अनुगमनको उदेश्य रहेको छ । साथै मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम संञ्चालन कार्य विधि अनुसारकोे कृयाकलाप भए नभएको एकिन गरी सोही अनुसार गर्न सुझाब पनि पेश गरेको छ ।

शैक्षिक गुणस्तर सम्बन्धि कार्यक्रम विद्यालय बाहिरेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने र विद्यालय भर्ना भएका बालबालिबाहरुलाई विद्यालया छोडन बाट रोक्नको लागि आवस्यक कृयाकलाप संञ्चालन गरेको छ । विपन्न तथा अपाड्डता भएका विद्यार्थीहरुको विशेष आवस्यकता सम्बोधन गरि उनिहरुलाई विद्यालय छाद्न बाध्यहुने अवस्था अन्त्य गर्न उपयुक्त कार्य गरेको छ । विद्युतिय प्रणाली मार्फत अध्ययन अध्ययपानको लागि आवस्यक पर्ने क्षमता विकास सम्बन्धि कृयाकलाप संञ्चालन गर्न सूचना प्रविधि पूर्वधारको निर्माणमा सहयोग गरेको छ । कम्प्युटर विज्ञान, भाषा, संगीत, र खेलकुद विषयको जनशक्ति उपलब्ध गराउने रहेको थियो ।

 

 

 

 

  • ८ असार २०८०, शुक्रबार प्रकाशित
  • Nabintech