२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार
  • न्युज डेस्क

    ५ असार २०८०, मंगलवार

मानव र वन्यजन्तु द्धन्द्ध व्यवस्थाको निम्ती सर्वपक्षीय रुपमा सरोकार वाला व्यक्तीहरुद्धारा चिन्ताव्यक्तःवनवन्यजन्तु संरक्षण सम्बन्धि अभिमुखीकरण

मेनकाचौधरी ः बर्दिया, असार ४

सोाबार मधुवननगरपालिकामावनवन्यजन्तु संरक्षण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रममानव र वन्यजन्तु द्धन्द्ध व्यवस्थाको निम्ती सर्वपक्षीय रुपमा सरोकार वाला व्यक्तीहरुद्धारा चिन्ता व्यक्तछन् ।
मधुवन नगरपालिकाको आर्थिक सहयोग र सञ्चारीका समुहको आयोजनामा सोमबार एक दिने अभिमुखीकरण कार्यक्रम बाघ वढे सँगै वनवन्यजन्तु को व्यवस्थापन संरक्षण तथामानवलाई संरक्षण गर्नु पर्ने जजर समस्या समाधानगर्नु आजआवश्यक्ता रहेकोले बर्दियावासीहरुले उक्त कुरा गरिएका सो कार्यक्रममा बताएका हुन ।
अभिमुखीकरण कार्यक्रममाजनप्रतिनिधि, सामुदायिकवनकापदाधिकारी, बडघर र संचारकर्मीहरु बिचवन्यजन्तु संरक्षण सम्बन्धि अभिमुखीकरण को साथै बृहत छलफल भएको हो ।
अभिमुखीकरण कार्यक्रमका प्रमुख अथिती मधुवन नगरपालीकाको उपप्रमुख अनिता चौधरीले वन्यजन्तुबाट यहाँकाअधिकांश वडा प्रभावित भएको मधुवनआपफ्नो ज्यान गुुमाएको नगरपालिकाकोउप–प्रमुखअनिताचौधरीले बताउनुभयो ।
‘वन्यजन्तु र मानवबिचको बढ्दो द्वन्द्वलाई न्युनिकरण गर्न अभिमुखीकरणले सहयोग पुग्नेछ’ उप–प्रमुखचौधरीले बताउनु भयो । ,‘मानव र वन्यजन्तु बिच सहअस्तित्वकायमगर्दै संरक्षण गर्न आवश्यक छ ।’वन र वन्यजन्तु हाम्रै सम्पत्तिहुन त्यसैले दुवै बिच सहअस्तित्वकायमगर्दै रणनीति योजनाबनाउनु पर्ने धाराण व्यक्तगर्नु भयो ।
सो कार्यक्रममा कृष्णसार संरक्षण क्षेत्रको प्रमुखविनयकुमार झा ले जैविकविविधता केहो जैविकविविधताले पर्यपर्यटन, वनवन्यजन्तु संरक्षण तथामानवहरुको सहअस्तित्वकालागी दृघकालीन योजना सरकारले बनाएको बताउनु भयो सो कार्याक्रममा प्रशिक्षण दिदै झाले भन्नु भयो मानव र वन्यजन्तु विचको द्धन्द्ध न्युनीकरणको लागी स्थानीय सरकारले समस्या समाधानको लागीस्थानीयजनताहरुलाई हातेमालो गर्दै जानु पर्ने साथै सवै जना संरक्षण गर्दा नै बर्दियालाई चिनाउन सफलभएको बताउनुभयो ।

जैविकविविधता संरक्षण किनगर्ने र यसको महत्वको बारेमा कृष्णसार संरक्षण क्षेत्रकाप्रमुखविनयकुमार झाले प्रशिक्षण दिएकाथिए । जैविकविविधतामा नेपालएसियाको ११औं र विश्वको २५औं देशमा पर्छ । हामी जैविकविविधतामाधनी छौं । जैविकविविधताले हामीविश्वमाचिनिएका छौं त्यसैले संरक्षणमा ध्यानदिनजरुरी छ । वन र वन्यजन्तुको संरक्षणको लागिअब समुदायले अपनत्व ग्रहण गर्नुपर्छ । सरकारी कर्मचारीले मात्रवन्यजन्तुको संरक्षण सम्भवनानभएको सुनाउनु भयो । जबसम्म समुदायका लागिआम्दानी गर्ने जस्ता नीतिसरकारले ल्याउदैन तबसम्मवन र वन्यजन्तुको संरक्षण प्रभावकारी नहुने प्रमुखझाले जनाउनुभयो ।

बाघको संख्या बढेकोले बढी आक्रमण भईरहेको मधुवननगरपालिका–७का वडा अध्यक्ष राजेन्द्र हमालले बताउनु भयो । ‘एउटा बाघलाई कति एरिया आवश्यक पर्छ, अध्ययनहुन जरुरी छ’ अध्यक्षहमालले भन्नुभयो,‘बढी भएका बाघलाई अन्यत्र स्थान्तरण गर्नुपर्छ ।’
वन्यजन्तुबाटयहाँकाजनतालाई जोगाउन ठोस रणनीति बनाउनआवश्यक रहेको मधुवननगरपालिका–३ काअध्यक्षनारायण मल्लले बताउनु भयो । घाँस दाउराको लागिवनमा अश्रित रहेका परिवारलाई वैकल्पिक रुपमाग्याँस र घाँसको लागि घाँसका बिउविजनवितरण गर्न जरुरी रहेको अध्यक्षमल्लले जनाउनु भयो ।
।सञ्चारीका समुह लुुम्विनीप्रदेशको महासचिव तथा बर्दियाको कोषाध्यक्ष मेनकाचौधरीको अध्यक्षतामा सञ्चारिका समुह बर्दियाको आयोजनामा मधुवन नगरपालिका बर्दियाको आर्थिक सहयोगमाएक दिने अभिमुखीकरण कार्यक्रम भएको थियो ।
सो कार्यक्रममा बरर्घर सुखरामथारुले वन्यजन्तु र मानवविचहुने द्धन्द्ध व्यवस्थापनमा स्थानीयप्रदेश , सघीय सरकारले ध्यानपुयाउनु पर्ने बताउनुभएको थियो । संघीय र प्रदेश सरकारले वन्यजन्तु मात्र संरक्षण गर्दा बाघ गैडाको हात्तीको संख्या वढेको तर बाघको कोरीदोरी घटनाले मानवमाथी आक्रमन गर्दा सरकार जिम्मेवार नभएको मान्छेको संरक्षणमा सरकार नलागेको आक्रोसीत हुदै वडा नम्वर २का वडा अध्यक्षआशारामथारु वडानम्वर ३ का वडा अध्यक्ष नरायण मल्ल ४का वडा अध्यक्षवलि रामथारु वडा नम्वर ७काअध्यक्ष राजेन्द्र हमालले आक्रोस व्यक्तगर्नु भएको थियो ।
वन्यजन्तु मानवविच द्धन्द्ध हुदाँ वस्ती व्यवस्थापनहुनु पर्ने निकुञ्ज आसपासको जनतालाई जिवीको पार्जन आर्यआर्जको कार्यक्रमहरु सरकारले दिनु पर्ने उचीत क्षेतीपुर्ती र राहाततत्कालउपलव्ध गराउनु पर्ने माग चेतनामुलक कार्यक्रमको लागी राज्यले बजेट विनीयोजन गर्नुुुु पर्ने धाराणाहरु राख्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा सञ्चारीका समुहलुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज, महासचिव मेनकाचौधरी, जनप्रतिनिधि, विभिन्न सामुदायिक वनकापदाधिकारी वडघरहरु संरक्षण क्षेत्रकाअधिकारकर्मी र संञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

  • ५ असार २०८०, मंगलवार प्रकाशित
  • Nabintech