१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
नेपालको संसद सञ्चालनकोे झल्को दिन,े युवाहरुले चलाए नमूना संसद
  • न्युज डेस्क

    १ असार २०८०, शुक्रबार

बर्दिया, जेठ ३२ गते
बिहान७बजे हलको ढोकाखुल्ने बित्तिकै जनाउ घण्टी बज्यो र सबै युवा सांसदहरु संसद भवनभित्रप्रवेश गरी आ–आफ्नो स्थानमा बसे । एक छिनपछि दायातिरको ढोकावाट युवा सभामुखदीक्षा ढकाल प्रवेश गर्ने बित्तिकै सबै युवा सांसदले उठेर राष्ट्रिय धुन संगै स्वागत गरे । सभामुखले संसद सञ्चालनगर्दा सांसदहलाई सुन्य समय र विशेष समयमाबोल्ने पालो र मन्त्रीप्रधानमन्त्रीलाई प्रश्न र उत्तर दिने अनुमतिदिए । सार्वजनिक महत्वका बिषयमा छलफल, संकल्पप्रतावमाथी छलफल,युवा राष्ट्रपति रिना कुमारी थारुवाट नीतितथाकार्यक्रम प्रस्तुत, प्रतिपक्षीदलकायुवा नेताअस्मिताचौधरीलाई विशेष समयमाबोल्ने पालो को दृश्य पनियुवासंसद भवनभित्र देखियो । यो दृश्य हेर्दा एक सभ्य र भव्यतरिकाले सदन चलिरहेको अनुभूती गराए ।
बर्दियाको बारबर्दिया नगरपालिकामा युवाहरुमा नेतृत्वविकास गर्नमा सहयोग पुर्याउनका लागि नमुनायुवा संसद कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावारणीय विशिष्टिता समुह(बि ग्ु्रप) नेपालगंज, बाँकेको साझेदारीमा संचालित बालविवाह न्युनिकरण परियोजना अन्तरगत नमुना युवा संसद कार्यक्रम भएको हो ।
वालविवाहन्युनिकरण गर्नेभूमिकामा सहभागियुवाहरुले स्थानीयतहमा अगुवाई गर्ने प्रतिबद्धता जनाएका छन् ।
नमुना युवा संसद समापन कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले वालविवाहन्युनिबरण अभियानमायुवाहरुले नै महत्वपुर्ण सहयोग गर्ने बताउइन् । साझेदार संस्थाहरुले बारबर्दिया नगरपालिकाको २०८३ सालभित्रमा बालविवाह मुक्तपालिका घोषणा गर्ने र यो बर्ष २ वटा वडालाई वालविवाहमुक्त वडा घोषणा गर्ने अभियानमा सहयोगको अपेक्षा गरीन् । बि गु्रपबाँकेका अध्यक्ष टेकबहादुर पुनले बालविवाह न्युनिकरणमा निरन्तर सहयोग रहने बताए । प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विमल गैरेले नमुनायुवा संसदका सहभागियुवाहरु वालविवाह अन्त्यगर्ने अभियानमा अगुवाई गर्ने अपेक्षा गरे ।
कार्यक्रममा परियोजना संचालन भएको बारबर्दिया, मधुवन, ठाकुरबाबानगरपालिका र गेरुवा गाँउपालिकाका ४७जनायुवा हरुको सहभागिता रहेको थियो ।
जेठ २९ देखि ३२ गते सम्म ४ दिन संचालनभएको कार्यक्रममा ४ वटै पालिकाका १६ देखि २४ बर्ष उमेर समुहका युवाहरु रहेका थिए ।
कार्यक्रमको सहजिकरण सामाजिक अभियन्ता तथा स्थानीयशासन बिज्ञ प्रकाश उपाध्ययले गरेका थिए ।

  • १ असार २०८०, शुक्रबार प्रकाशित
  • Nabintech